Loading

अशिम सापकोटा

हरेक व्यक्तिले आफनो स्वतन्त्रतालाई प्रयोग गर्दा समाजभित्रको मर्यादा, मूल्य, मान्यता, समाजभित्रको सीमालाई कहिल्यै पनि बिर्सनु हुँदैन । एउटा व्यक्तिसँग उसको घरपरिवार, समाज, देश मौलिक संस्कृति, इमान र छवि गाँसिएको हुन्छ । पछिलो केही दशकलाई नियाल्दा नेपाली समाजभित्र परिवर्तनका रेखाहरू छिन्न, भिन्न भएर कोरिएका छन् । कतिपय परिवर्तन समाजलाई सकारात्मक छन् भने कतिपय परिवर्तन समाजलाई नकारात्मक हुन पुगेका छन् ।

मानिस प्रकृतिका अरू प्राणीभन्दा चेतनशील सामाजिक प्राणी हो, अर्थात सृष्टिका अरू प्राणी पेटजीवी हुन् भने मानिस चेतजीवी हो । त्यही भएका कारण मान्छेले एकअर्काप्रति प्रेम र घृणा, सद्भाव आवेग बुद्धि विवेक, व्यक्तिगत चाह र सामाजिक नियम कानुन मूल्य मान्यता सबै विपरीतहरूको सत्वलाई गतिशील सन्तुलन मिलाउँदै अग्रसर हुन्छ । यो एककिसिमको चक्रलाई सन्तुलनमा राख्न सामाथ्र्य मानव जातिबाहेक अरू कुनै पनि प्राणीहरूसँग छैन र हुँदैन । मानिस एउटा व्यक्ति पनि हो र सामाजिक प्राणी पनि हो । मानिसहरू गोलबद्ध भएर बसेको समूहलाई समाज भन्ने गरिन्छ भने व्यक्तिलाई समाजको एउटा अंशका रूपमा चिनिन्छ । तसर्थ मानिसको भूमिका समाजमा दोहोरो रूपमा चल्ने गर्छ । सामाजिक प्राणी हुनाको नाताले उसको नितान्त निजी जीवन हुनुपर्छ र हुन्छ नै । सामाजिक प्राणी हुनाको नाताले उसको जीवन सामूहिक पनि हुनुपर्छ । बिडम्बनाको कुरा के हो पछिलो समयलाई फर्केर नियाल्दा समाजमा यसको सन्तुलन ठीक विपरीत हुँदै गइरहेको छ । यसको नकारात्मक प्रभाव मानिसको मानवीय मूल्य मानयता, नैतिकता र समाजका संरचनाहरूमा प्रष्ट देखिने गर्छ ।

पछिलो केही दशक यता मानिस सामाजिक सीमा र मर्यादालाई उलंघन गर्न अग्रसर हँुदै गइरहेको छ । समाजमा अराजकता दिनप्रतिदिन उकालो लाग्दै छ । स्कुलका विद्यार्थीहरूले गणित विषयको हिसाबबारे डाइग्राफ बनाएजस्तै पछिलो समय समाजमा विभिन्न किसिमको विकृति विसंगति बढ्दै गइरहको छ । पश्चिमी संस्कृतिलाई अग्रस्थानमा राख्दै आफनो मूल संस्कृतिको नाममा विकृति दिनानुदिन बढ्दै गइरहेको छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केबल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेको छ । यसको मतलव व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुन्छ । तसर्थ मानिस सामाजिक प्राणी हुनका निम्ती उसको व्यक्तिगत स्वतन्त्रता, समाजिक हित अधीनस्थ पनि हुनुपर्छ । नत्र भने मानिस जंगली स्वभावको हुन्छ ।

समाजिक आर्थिक दृष्टिकोणले हेर्दा हामी मानिसहरू एककिसिमको संक्रमणकालमै अझै पनि अल्झिरहेका छाँै । मानिसहरूले हरेक संक्रमणकाल भोग्दै आइरहेका छौँ । संक्रमणकाललाई हेनुपर्दा यो एककिसिमको अत्यन्तै दुःखद् प्रकारको समय हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ तैपनि सहनुको कुनै पनि विकल्प हुँदैन । आजका लागि हामी कस्तो खालको सांस्कृतिक समाज निर्माण गर्नका निम्ति अघि दौडेका छौँ ? यो निकै ठूलो बहसको विषय बनेको छ । हरेक व्यक्तिले आफनो स्वतन्त्रतालाई प्रयोग गर्दा समाजभित्रको मर्यादा, मूल्य, मान्यता, समाजभित्रको सीमालाई कहिल्यै पनि बिर्सनु हुँदैन । एउटा व्यक्तिसँग उसको घरपरिवार, समाज, देश मौलिक सांस्कृति, इमान र छवि गाँसिएको हुन्छ । पछिलो केही दशकलाई नियाल्दा नेपाली समाजभित्र परिवर्तनका रेखाहरू छिन्न, भिन्न भएर कोरिएका छन् । कतिपय परिवर्तन समाजलाई सकारात्मक छन् भने कतिपय परिवर्तन समाजलाई नकारात्मक हुन पुगेका छन् । यस्ता परिवर्तनले समाजलाई कहिलेकाहीँ आँैलाउने काम गर्न गर्छ । समाजभित्रका मर्यादा, मूल्य मान्यतालाई उपभोग गर्दै असल संस्कृतिको निर्माण गर्दै सभ्य सुसंस्कृत समाजको निर्माण गर्नु एउटा जिम्मेवार नागरिकको कर्तव्य पनि हो ।

मानिस सामाजिक चेतनशील प्राणी हो भन्दै गर्दा हिजोआज एउटा मानिसले अर्को मानिसलाई दोकानमा बेच्न राखेको सामानको दृष्टिकोणले हेर्ने गर्छ । त्यसैले मानिसले सामान खरिद गर्दा होस् वा बिक्रि गर्दा जस्तै सर्वप्रथम उसको पहिलो ध्यान भनेको सामानबाट फाइदा हुन्छ वा घाटा ? त्यो उसले पूर्वानुमान गरिसकेको हुन्छ । समाजको परिवर्तनको वर्तमान युगले मानिसले नातालाई फाइदा वा घाटासँग तौलिएको पाइन्छ ।
हरेक व्यक्तिमा एककिसिमको प्रेमको सुगन्ध हुने गर्छ । प्रेमका बारेमा हरेक व्यक्तिका अलगअलग परिभाषा हुन सक्छन् । आजको युगले प्रेमलाई गिजोलगाजल पारी प्रेमभन्दा पनि क्षणिक आनन्द, आकर्षण र भौतिक कुरालाई मध्यनजर गर्दै हाम्रा परिवर्तनशील समाजहरूमा प्रेमलाई विकृत अर्थमा रूपान्तरण गरेको छ । उदाहरणका लागि पश्चिमा संस्कृतिबाट नेपालमा भित्रिएको भ्यालेन्टाइन डे (प्रणय दिवस) लाई लिन सकिन्छ । हामी पनि प्रणय दिवसलाई हर्ष उल्लासका साथ मनाउँदै आइरहेको छ । जुन गलत मात्र नभई निकै खतरनाक पनि छ ।

अझ त्यति मात्र नभई, अहिलेका युगका देश हाँक्न सक्षम कोमल अनुहारहरू यसको बिघ्न प्रतिक्षामा रहने गर्छन् । आफना परिवारका सदस्य बुबा, आमाको जन्म मिति थाहा नहुनेहरूलाई प्रणाय दिवसको दिन थाहा हुने गर्छ । सपना बिग्रँदा आफनो सन्तानमाथि अनिष्ट बज्रपात आइपर्ने आशंकामा पूरारात जागा रहने आफनो आमा, बुबा र परिवारजनप्रति वास्ता छैन । तर, सार्वजनिक स्थलहरूमा चियापान गर्दा देखिन्छ, सुनिन्छ, ‘रोज डे, किस डे, चकलेट डे र भ्यालेन्टाइन डे ।’ यिनै दिनको प्रतिक्षामा बस्नेको होडबाजी चलेको देखिन्छ । त्यति मात्र नभई भ्यालेन्टाइन डे को लागि छुट्टै तयारीमा देखिन्छ । चियापान गर्दै उनीहरूलाई हेर्दा लाग्छ कि उनीहरूको मुहार देख्दा यो एउटा निकै ठूलो पर्व हर्षोल्लास आउँदै छ कि ?

भ्यालेन्टाइन डे पश्चिमी मुलुकबाट सुरुआत भएको हो । पछिल्लो केही दशक यता नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । विशेष गरी युवा, युवतीहरूबीच भ्यालेन्टाइन डे निकै लोकप्रिय बनेको छ । यससँगै समाजमा विसंगति विकृति बढ्दै गइरहेको छ । प्रेमका बारेमा हरेक व्यक्तिका अलगअलग परिभाषा हुन सक्छन् । प्रेम जिउने ऊर्जा हो, जसलाई कसैले नर्कान सक्दैन । प्रणय जीवन सुरु गर्न चाहने कतिपय व्यक्तिहरू कुनै एउटा विशेष दिनको आवश्यकता महसुस गर्दैनन् भने कोही व्यक्तिहरू यही सप्ताहलाई प्रेम अभिव्यक्त गर्ने मौकाका रूपमा पर्खने गर्छन् । प्रेम भनेको शारीरिक आकर्षण मात्र नभएर एकले अर्काको भावना बुझेर सुखदुःखमा साथ दिने मानवीय भावना हो । प्राप्ति मात्र होइन, त्याग पनि गर्न सक्ने र स्वार्थभन्दा माथि उठेको नातालाई प्रेम भनिन्छ । एकअर्काको भावना बुभ्mने एउटालाई दुःख पर्दा अर्कोले साथ दिने नाता हो प्रेम भनेको । त्यसैले प्रेम गर्न कुनै विशेष दिन कुर्न पर्दैन । त्यहाँ सधँै प्रेम हुन्छ । भ्यालेन्टाइन डे होस् वा अन्य कुनै सामान्य दिन, प्रेम गर्न चाहानेहरूका लागि सबै दिन विशेष हुन् ।