Loading

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले काठमाडौंमा आज बृहत मोटरसाइकलको र्‍याली गरेको छ । बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गरेको हो ।

माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने तयारी स्वरुप नेकपाका नेता महेश बस्नेतले नेतृत्वमा १० हजार मोटरसाइकल सहभागिता भएको जनाएका छन् । मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु भएको र्‍याली सातदोबाटो-लगनखेल-जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक-दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको छ।

जनसभा परिचालन कार्यकमको सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको कार्यालय बालकुमारी ललितपुरमा रहेको छ। बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष पोखरेलको अध्यक्षतामा २५ सदस्य सचिवालय गठन भएको थियो।