![]()
काठमाडौं । सिन्धुली घर भएका पुष्पराज श्रेष्ठ । उनी गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका हुन् । प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार उनले एउटा अपहरण, ४ वटा ज्यान मार्ने उद्योग र २ वटा सार्वजनिक अपराध मुद्दा खेपिसकेका छन् । चितवनका रामबहादुर थापा ‘बादल’ । जनयुद्ध लडेर नेतृत्वमा स्थापित उनी करिब ३ बर्षदेखि गृहमन्त्रीको कुर्सीमा छन् ।
गुण्डा र जाली–फटाहालाई कानुनी दायरामा ल्याउने भूमिकामा छन् । तर, तिनै ‘बादल’सँग गुण्डागर्दी पृष्ठभूमिका पुष्पराज श्रेष्ठले सार्वजनिक मञ्च सेयर गरेका छन् । मंगलबार ललितपुरमा आयोजित खेलकुद महासंघको कार्यक्रममा पुष्पराज गृहमन्त्रीसँगै मञ्चमा ‘अतिथि’को आसनमा बसेका हुन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भएका श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै केपी ओली प्यानलमा लागेका छन् । सरकार पक्षमा लाग्दा आफ्नो भविष्य सुरक्षित देखेपछि उनी सो समूहमा लागेको नेकपा सिन्धुलीका एक नेताले रातोपाटीलाई बताए ।
