Loading

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अब कमरेड नरहेको बताइन्।

प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गर्दै उनले यस्तो बताएकी हुन्। प्रधानमन्त्री ओलीलाई अब कुनै हालतमा कमरेड नभन्ने उनले बताइन्। ‘उहाँलाई अब कमरेड भन्दैनौँ। केपी ओली कमरेड होइनन्, तानाशाही र निरङ्कुश हुन्’, उनले भनिन्, ‘ओलीले कम्युनिस्ट आन्दोलन र बलिदानको समेत चिरहरण गरे।’ 

‘तानाशाही ओली विरुद्धको आन्दोलनको टुंगोमा पुग्न धेरै समन लाग्दैन। उहाँले कुर्सी छाड्नै पर्छ। भ्रम फैलाउन ओली पक्ष देशभर लागिरहेको छ’, उनले भनिन्, ‘काठमाडौंले नै निर्णायक आन्दोलनमा सरिक हुनुपर्छ।’ कम्युनिस्ट पार्टीले अब देशको विकास गर्नुपर्ने बताइन्। ‘कम्युनिस्ट पार्टीले गर्न सक्ने विश्वासले लागिराख्दा तानाशाह नेतृत्व जन्मिँदा कम्युनिस्ट आन्दोलनलाई धक्का दियो’, उनले भनिन्।