![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न निर्देशन दिएको छ ।
आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयबारे जानकारी दिँदै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीका त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको जानकारी दिए । मुख्यत चार जना पूर्व प्रधानन्यायाधीशले हालै देश, जनता, संविधान र निष्ठाका कारण प्रतिनिधसभा विघटनबारे सार्वजनिक दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमान गर्ने र धम्क्याउने कार्य गरेको भन्दै त्यसलाई प्रतिवाद गर्दै भर्त्सना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
