![]()
नेपाल भ्रमण आएका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओ नेतृत्वको टोलीले आइतबार राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार आइतबार चिनियाँ टोली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्रीलाई भेट्न राती बालुवाटार पुगेको हो।
चारदिने नेपाल भ्रमण काठमाडौं आएका टोलीले नेकपाको अर्को समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग पनि भेट्ने कार्यक्रम तय भएको छ। नेकपा विभाजन रोक्ने प्रयास सफल नभएपछि चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओसहितको टोलीलाई नेपाल पठाएको स्रोतको दाबी छ।
यसअघि राजदूत याङछीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, पूर्वसभामुख कृष्णबहादुर महरालगायतसँग भेट गरेर विभाजनका विषयमा चासो र चिन्ता व्यक्त गरिसकेकी छिन्।
