Loading

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबारको बैठक सकिएको छ। 

संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीले  कदमविरुद्ध रणनीति तय गर्न बसेको मंगलबारको बैठकले कुनै निर्णय गरेको छैन। बुधबार दिउँसो १ बजे बस्‍ने गरी टुंगिएको हो। 

मंगलबारको बैठकलाई  सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले सम्बोधन गरेका थिए। सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्न गरेका थिए। उनले कांग्रेसले लोकतन्‍त्र र संविधानको रक्षाका लागि जिम्मेबार भूमिका निर्वाह गर्ने बताएका थिए। उनले ओलीको कदमले जनमतको अपमान भएको बताएका थिए। 

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार सभापति देउवालगायतका नेताहरूले सम्बोधन गरेको र छलफल जारी रहेको जानकारी दिए। केन्द्रीय सदस्यहरूले बोल्‍ने क्रम सकिएपछि निर्णयमा पुगिने जानकारी उनले दिए।