![]()
धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा नेकपाका कैलाली अध्यक्ष दीर्घ सोडारीको कारबाही फुकुवा भएको छ। काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीलाई कारबाही फुकुवा गरेको हो। तत्कालीन नेकपा कैलाली अध्यक्षसमेत रहेका सोडारीलाई पुनः कैलालीको अध्यक्षको जिम्मेवारी दिएको छ।
आचरण र पदीय मर्यादाविरुद्ध उजुरी परेको भन्दै २०७५ कार्तिकमा पार्टीले सोडारीलाई कारबाही गरेको थियो। उनलाई हटाएर सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी र कैलाली अध्यक्षमा रतन थापालाई नियुक्त गरेको थियो। सोडारी प्रदेशसभा सदस्य भने कायमै थिए। उनी कैलाली क्षेत्र नम्बर ४ ‘क’ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित हुन्।
