![]()
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले पुस ५ गते अर्को बैठक बस्ने निर्धारण गरिएको केन्द्रीय कमिटीको बैठक पुस १० गते सार्ने सर्वसम्मत निर्णय गरेको छ ।
सो कुराको जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई दिनुभयो । साथै बैठकले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ फिर्ता लिने र हिजो संवैधानिक बैठकमा संवैधानिक नियुक्ति बारे प्रधानमन्त्रीले कुनै सिफारिस नगर्नु भएको जानकारी समेत उहाँले जानकारी दिनुभयो ।
