Loading

खेम पाण्डे

भजनी/ कैलाली जिल्लाको भजनी नगरपालिका र टीकापुर नगरपालिका जोड्ने बेलुवाघाट भनिने पथरैया नदीमा स्थानीयद्वारा काठ पुल निर्माण गरिएको छ।
भजनी नगरपालिकाका वडा २। ६ र ८ मा पर्ने वनदेवी सामुदायिक वन उपभोक्ता समिति र टीकापुर नगरपालिका वडा नं ६ मा पर्ने बिपी निकुञ्ज सामुदायिक वन उपभोक्ता समिति नारायणपुरले काठ उपलब्ध गरी सहयोग गरेपछि सो पुल निर्माण गरिएको हो ।


भजनी र टीकापुरका दुई सामुदायिक बनले काठ उपलब्ध गराएपछि स्थानीय समुदायले श्रमदान सहयोग गरेका हुन् । उक्त स्थानमा बिगत लामो समयदेखि झेलुंगे पुल निर्माण गरीदिन स्थानीयले माग गरेपनि स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले कुनै पहल नगरेको स्थानीयले बताएका छन् ।

एक सिजनका लागि काठेपुल बनाइएपनि नदीको बहाव बढ्ने बित्तिकै सो पुल पनि बग्ने भएकाले फेरिपनि जनताले शास्ती भोग्नु पर्ने स्थानीय अजयराज तिमिल्सैनाले बताए । दिर्घकालीन रुपमा यसको समाधान गरिनुपर्नेमा तिमिल्सैनाले जोड दिए ।