Loading

कात्तिक, २५ टीकापुर / स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसको कैलालीबाट महासमिति सदस्य रहेका मोहनबहादुर रावलको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ ।
समाजसेवी रावलको टीकापुरसिथ्त आप्mनै निवासमा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । १९८८ साल भदौं २७ गते अछाम जिल्लाको ओलीगाउँमा जन्मिएका रावल सरकारी सेवामा रहँदा मुलुकका विभिन्न जिल्लामा रहेर अनुभव संगाल्नु भएको थियो । त्यही अनुभवको परिणामस्वरुप उहाँ जीवनका उत्तरार्धतिर सामाजिक सेवामा लाग्नुभएको थियो ।
जिव्नको पूवाद्र्धमा सुब्बाका नामले परिचित रावल उत्तराद्र्धमा भने समाजसेवीका नामले चिनिनु भयो । समाजसेवासँगै जेष्ठ नागरिकको हकहितका समेत काम गरेका रावल आफ्नो कमाइको केही अंश समुदायमा सहयोग गरेकै कारण स्थानीयस्तरमा दानविरकारुपमा चिनिएका थिए ।
सरकारी सेवाबाट निबृत भएपछि सत्तिबजारस्थित निवासमा बसेका रावल कर्णाली नदीको तटीय र टापुक्षेत्रमा भएको वन फडानीबाट वन सकिएको देखेर स्थानीयलाई सक्रिय पार्दै वन संरक्षणमा जुटेका थिए । उनकै पहलमा स्थानीयको सहयोगमा २०४९ साल साउन २९ गते सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समिति निर्माण गरेरबृक्षारोपण तथा वन संरक्षण गरियो । वनका संस्थापक अध्यक्ष बनेका रावलले २०५१ सालमा सूदुरपश्चिम क्षेत्रमै पहिलो सामुदायिक वनको रुपमा दर्ता गराए ।
लमो समय वनको अध्यक्ष रहेर नेपालभर सामुदायिक वन र सत्तिलाई चिनाएका रावलले आजीवन अध्यक्ष्य बन्न सक्ने भएपनि युवाहरुलाई जिम्मेवारी दिएर अन्य समाजसेवामा लागि रहे । कतिपय संस्थामा आजीवन अध्यक्ष रहेर संस्थाको दोहन गर्नेहरुका लागि भने उनले आप्रmनो काम गर्ने शैलीबाट कडा जवाफ दिएका थिए । त्यसकारण आज उनले भौतिक शरीर छोडेर गएपनि स्थानीइ स्तरमा अमर बनेर गएका छन् ।
यसबाहेक सामुदायिक सहकारी सत्तीको दुई कार्यकाल अध्यक्ष, रेडक्रस नारायणपुर शाखा स्थापना गरी दुई कार्यकाल नेतृत्व र नवजागृत क्लवमा पनि दुई कार्यकाल अध्यक्ष रहेर सेवा गर्नुभएको थियो । यस्तै २०५६ सालमा टीकापुरमा बृद्ध सेवा समिति स्थापना गरी जेष्ठ नागरिकको हकहितमा कार्य गरिरहनु भएको थियो । उहाँले नै सत्तिमा रहेको तत्कालीन कर्णाली निम्न माध्यमिक विद्यालयलाई मावि तहको लागि भौतिक पूर्वाधारका लागि वनबाट आर्थिक सहयोग र जग्गा लिइदिनुभएको थियो ।
समाजसेवी रावलले ५० लाख बढी रकम खर्च गरी विभिन्न संघ संस्थामा अक्षयकोष स्थापना गरिदिनुभएको छ । कर्णाली बहुमुखी क्याम्पस सत्तीलाई २५ हजार सहयोग, दृष्टिवीहिन विद्यार्थीको सहयोगमा लागि रावलकी श्रीमती सरस्वती देवी रावलको नामबाट एक लाखको अक्षयकोष स्थापना गरिदिनुभएको छ । त्यस्तै, अछाम क्याम्पसमा छात्रबृत्तिका लागि एक लाखको अक्षयकोष, प्राज्ञिक समाजमा बुवा, आमा र आफ्नो नामबाट अक्षयकोषका लागि एक लाख ५१ हजार, जेष्ठ नागरिक महासंघमा एक लाख ७ हजारको अक्षयकोषस्थापना, पत्रकार, जेष्ठ नागरिक र विपन्नलाई छात्रृबत्ति दिने उद्देश्यले बृद्ध सेवा समितिमा ५ लाखको अक्षयकोष टीकापुरमा स्थापना गर्नुभएको छ ।
त्यसबाहेक स्वर्गिय रावलले नेपाली कांग्रेसक्षेत्र नं. १ को भवन निर्माणका लागि एक लाख १ हजार, कर्णाली माविमा सरस्वती मन्दिर, अछाम सेवा समिति धनगढीमा शिव मन्दिर, बल्चौरमा गौशाला, टीकापुर शिवमन्दिरमा हुनमान मन्दिर, ८४ वटा बत्ती बाल्ने पाला निर्माण, मल्लिका विद्यापिठ गुरुकुलमा दुई कोठे भवन र गौशाला निर्माण टीकापुर बसपार्कमा प्रतिक्षालय, बृद्धाआश्रममा माथिल्लो तलामा हल, बृद्धाआश्रमको मूल गेट, शिवालय मन्दिर, भगवतिको मन्दिर पनि निर्माण गर्नुभएको छ ।
रावलले टीकापुर योगाआश्रमको पछाडिपट्टी गेट निर्माणका लागि केही दिन अघि शिलान्यास समेत गर्नुभएको थियो । स्वर्गिय रावलले हरेक जन्मदिनमा मल्लिका विद्यापिठका विद्यार्थीलाई पोशाक वितरण र अन्य विपन्नलाई सहयोग समेत गर्दै आउनुभएको थियो । रावलले टीकापुरमात्र काठमाण्डौं तथा अन्य ठाउंका विपन्नलाई कपडा लगायत सहयोग गर्ने गर्नुभएको थियो । प्रत्येक वर्ष बृद्धाआश्रममा ६ जना जेष्ठ नागरिक र एक जना असल सन्तानलाई सम्मान गर्ने अभ्यास रावलकै पालामा भएको हो ।
नेपाली कांग्रेसको कैलाली १ नं. बाट महासमिति सदस्य, प्रजातन्त्र सेनानीको केन्द्रीय सदस्य, किसान संघको केन्द्रीय प्रतिनिधि र काँग्रेसको जेष्ठ सदस्य समेत रहेका रावल अस्ताउनुले टीकापुर क्षेत्रले एक असल समाजसेवी गुमाएको छ ।