![]()
एकहजार ४६ क्वीन्टल मोटा धान खरिद गरियो
डीपी दर्शन
टीकापुर, २० कात्तिक / धान खरिदका लागि काँटा लगाएपछि नेपाल खाद्य संस्थान टीकापुर डिपोले बिहीबारसम्म १ हजार ८ सय ४६ क्वीन्टल धान खरिद गरेको छ । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका स्थानीय किसानहरुबाट संस्थानले उक्त धान खरिद गरेको हो ।
सोमबारबाट संस्थानले मोटो धानको मूल्य २७३५ रुपैयाँ मूल्य तोकी खरिद गरेको भएपनि पनि मसिनो र खजडा धानको मूल्य भने अझै तोकेको छैन । सोमबार २१९, मंगलबार ५४२, बुधबार ४७३ र बिहीबार ६१२ गरी जम्मा १ हजार ८ सय ४६ क्वीन्टल खरिद गरिएको कार्यालयका कर्मचारी रतन चौधरीले बताए ।

दुईवटा काँटा भएका कारण किसानहरुले दुई दिन बितिसक्दा पनि धान तौलिन पाएका छैनन् । स्थानीय टीकापुर १ का लेखनाथ अधिकारीले हिजो बुधबार धान ल्याउपनि आजसाँझ सम्म तौल गर्न पाएनन् । उनले हिजै टोकन समेत लिएका थिए तर बिहीबार साँझसम्म तौल गर्न सकेनन् । यस्तै टीकापुर ५ रामपुरका स्थानीय किसान शरद शर्माले पनि टोकन मात्र लिएका छन् आज बिहान टोकन लिएका उनी भोलिसम्म पनि पालो आउनेमा ढुक्क छैनन् ।
संस्थानले क्रमिक रुपमा तौल गर्नका लागि किसानहरुलाई कुपन दिएको डिपो प्रमुख चेतमान कठायतले बताए । उनले एक संस्थानको र एक बाहिरबाट ल्याई दुईवटा काँटाहरु लगाइएपनि जनशक्ति र स्रोत साधनको अभावमा थप काँटा लगाउन नसकिएकोे बताए । उनले थप काँटाको लागि पनि आपूmले पहल गरिरहेको बताए ।
बिहान ६ बजेदेखि राति ११ बजेसम्म मजदूरहरुले काम गरिरहेका छन् । उनीहरुलाई १५ किसानबाट र १५ संस्थानबाट गरी प्रतिबोरा ३० रुपैयाँ दिने गरिएको डिपो प्रमुख कठायतले बताए । ७ बजेदेखि ४ बजेसम्म तौल कार्य गरिने र त्यसपछि बोरा सिलाई र त्यसको ब्यवस्थापन गरिने भएकोले राति ११ बज्ने गरेको उनले बताए ।
तर, स्थानीय गल्ला ब्यापारीहरुले २ हजारदेखि २२ सय सम्म मूल्य तोकी धान खरिद गरिरहेको बेला नेपाल खाद्य संस्थानले २७ सय ३५ मोटो धानको मूल्य तोकेपछि किसानहरु एकै दिन बढी आएको स्थानीय रामप्रसाद चौधरीले बताए । उनले तोरी र गहुँ खेतीका लागि मलखाद खरिद गर्नुपर्ने र नजिकै तिहार आएका कारण पनि किसानहरु धन बिक्रीका लागि बढी आएको हुन सक्ने उनले बताए ।

डिपो प्रमुख कठायतले गत वर्ष लगातार आएपनि यसपटक किसानहरु काँटा खुलेसंगै अधिक मात्रामा आएकाले पनि समय लागेको बताए । कैलाली जिल्लामा खाद्य संस्थानले पाँच स्थानमा धान खरिद गरिरहेको बताए । उनले धनगढी नगरपालिकाको मोहनपुरमा, भजनी नगरपालिकाको भजनी बजारमा, जोशीपुर गाउँपालिकाको जोशीपुर बजारमा र टीकापुर नगरपालिकाको टीकापुर र वडा नं ७ सत्तिबजारमा खरिद काँटा लगाइएको बताए ।
उनले ६५ हजार क्वीन्टल (६ हजार ५ सय मेट्रिक टन) खरिद गर्ने भएकोले सो संख्या पुर्ति नहुनसम्म काँटा लगाइरहने बताए । टीकापुरस्थित संस्थानको गोदाममा ५ हजार क्वीन्टलको क्षमता भएकोले थप खाद्यान्न (धान) राख्नका लागि गोदामको खोजी भइरहेको बताए । सकेसम्म चाडै सो ब्यवस्था गरिने उनले बताए ।
