Loading

टीकापुर । टिकापुर नगरपालिका वडा न. १ ब्लक नं २२ निवासी चर्चित आख्यानकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा काठमाण्डौमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका थापाको बुधबार बिहान दुई बजे निधन भएको हो ।

एक महिनाअघि मात्र उपन्यास ‘महाप्रलय’ प्रकाशित गर्नुभएका थापाको अर्को उपन्यास ‘मरुभूमिकी महारानी’ सार्वजनिक हुने तयारीमै रहेको अवस्थामा उहाँको दुःखद निधन भएको हो ।

थापाका धेरै कृतिहरु निकै चर्चित पनि छन् । सोह्र सौगात ९२०३५०, कर्णालीको छेउछाउ ९२०७००, पू्र्खाको चिट्ठी ९२०७२०, मेरो मधुशाला ९२०७४०, उज्ज्वली ९२०७६० र महाप्रलय ९२०७७० पछि लगत्तै ‘मरुभूमिकी महारानी’ समेत प्रकाशित हुन लागेको हो ।

वि।सं। २००५ भाद्रमा अछामको पाटेखेतमा जन्मनु भएका आख्यानकार गगनसिंह थापाको काठमाडौंमा निधन भएको हो । स्वर्गीय थापाको पार्थिव शरीर आजै टीकापुर ल्याइए पश्चात सुरुमा नुतन कुञ्जमा लगिने र त्यसपछि कटासेस्थित घरबाट शव यात्रा गरेर पाताभार घाटमा अन्तिम संस्कार गरिने स्वर्गीय थापाका ज्वाईं टीकापुर स्थित रेडियो नमस्तेका प्रवन्ध निर्देशक एवं पत्रकार कर्ण कुँवरले जानकारी दिनुभयो ।

दिवंगत आख्यानकार थापा जीवनका शुरुका केही दशक वाम बुद्दिजिवीका रुपमा चर्चित रहेपनि पछिल्लो चरणमा नेपाली कांगे्रस निकट वुद्दिजिवीका रुपले चिनिनु भएको थियो ।