![]()
काठमाडौं, १८ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेत्री मनिषा कोइरालासँग मंगलबार भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
अभिनेत्री कोइराला र प्रधानमन्त्रीविच देशको समसामयिक राजनीति, कोभिड १९ को समस्या र समाधानको उपाय, कला क्षेत्रको समस्या तथा देशको आर्थिक विषयमा कुरा भएको थियो ।
भेटघाटमा प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्था, कोभिडले पारेको असर तथा देशको राजनीतिक, आर्थिक विषयसहित समसामयिक विषयमा कुरा गरेका थिए ।
