![]()
पोर्चुगित स्टार स्ट्राइगर क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। इन्टरनेशनल ब्रेकका क्रममा रोनाल्डोलाई कोरोना संक्रमण देखिएपछि रोनाल्डो च्याम्पियन्स लिगको पहिलो खेलमा उपस्थित हुन नसकेका हुन्।
रोनाल्डोविनै उत्तिकएको युभेन्ट्सले मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डायनामो किभलाई २–० ले पराजित गरेको छ । युभेन्ट्सलाई जित दिलाउन दुवै गोल अल्भारो मोराटाले गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्ट्सलाई ४६ औं मिनेटमा मोरटाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा मोरटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–० गोलको जित दिलाए।
रोनाल्डो अर्को साता हुने बार्सिलोना विरुद्धको खेलमा पनि मैदान फर्किने अपेक्षा गरिएको छ । यो खेल अक्टोर २९ राति १ः४५ बजे हुने छ ।
आन्द्रे पिर्लोको पनि प्रशिक्षका रुपमा च्याम्पियन्स लिगमा यो पहिलो जित हो । पिर्लोले यसै सिजनबाट प्रशिक्षण करिअर सुरुवात गरेको हुन् ।
यसैगरी अन्य खेलमा लाजियोले बोरुसिया टर्डमन्डलाई ३–१ले परातिज गरेको छ । लाजियोका लािग किरो इम्बोइल, डानियल अक्पाले गोल गरे भने अर्को गोल टर्डमन्डका मार्विन हिट्जले आत्मघाती गरेका थिए । टर्डमन्डका अर्लिङ हल्यान्डले एक गोल फर्काएका थिए ।
