![]()
टीकापुर, २ कात्तिक
टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले सरकारी लागतमा निर्माण भएका र हुने भौतिक संरचना हस्तान्तरण, उद्घाटन र शिलान्यास गर्नुभएको छ ।
श्निबार बिभिन्न स्थानमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरुमा मेयर रावलले सो कार्य गर्नु भएको हो ।

बिहान वडा कार्यालय परिसर टिकापुरमा भएको पहिलो कार्यक्रममा टीकापुर वडा नम्बर २ को भवनको उद्घाटन गर्दै ५४ लाख २८ हजार ४२ रुपैयाँको लागतमा निर्माण भएको बताउनु भयो । उहाँले ८३ लाख ३३ हजार ३३ रुपैयाँको लागत स्टृमेट भएपनि ठेक्का घटाघटका कारण कम मूल्यमा निर्धारित समयभित्रै निर्माण भएको बताउनु भयो ।
तत्कालीन टिकापुर विकास समितिद्वारा वडा नं २ लाई निशुल्क प्रदान गरिएको २ कठ्ठा ५ धुर जमिनको हाताभित्र सो भवन निर्माण गरिएको वडाध्यक्ष प्रकाश बहादुर बुढाथोकीले बताउनुभयो । उहाँले पर्खाल र अन्य निर्माणका लागि थप रकमको समेत नगरपालिकासंग माग गर्नुभयो ।
वडाध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन नगरपालिका सचिवालयकी सचिव निर्मला चौधरी र वडासदस्य कासीराम कार्कीले स्वागत गर्नुभएको थियो ।

यस्तै दोस्रो कार्यक्रम वडा नं ७ का वडाध्यक्ष लौटन चौधरीको अध्यक्षतामा बैदीको कुन्तीपुरमा भयो ।
स्थानीय आठ विपन्न परिवारका लागि नेपाल सरकारद्वारा तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत निर्माण गरिएका स्थानीय ८ जना बिपन्न दलित परिवारलाई नगरप्रमुख रावलले घरको साँचो हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा मेयर रावलले यसअघि बिभिन्न समयमा बनाइएका पूर्व संरचनाहरुको अध्ययनपश्चाद यी घरहरु बलियो र भरपर्दो तरिकाले बनाएका बताउनुभयो ।

स्थानीय वडा समितको छनौटकै आधारमा पहिलो चरणमा ६ घर दलित परिवार छनौट भएपनि ठेक्का घटाघटबाट बच्न गएको रकमले थप २ घर निर्माण गरिएको बताउनुभयो । उहाँले सो टोलमा अन्य जातिका मासिहरु पनि निकै बिपन्न रहेकाले आगामी दिनमा जातिका आधारमा नभई आर्थिक रुपमा अत्यन्त कमजोर रहेकाहरुका लागि पनि नगरपालिकाले घर निर्माण गर्ने बताउनुभयो ।

नेपाल सरकारको अर्को कार्यक्रम अन्र्तगत देशका १ लाख ५० हजार घरलाई खरको छाना मुक्त गरिने भएकोले टीकापुर नगरपालिकामा २ सय ९६ घर परिवारका खरका छाना मुक्त गरिने बताउनुभयो । कार्यक्रम अन्र्तराष्टिय गरिबी निवारण दिवस र घटस्थापनाको मिश्रित दिनमा गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख केशरी रावल कुँवरले घटस्थापनको दिन नै नयाँ घरमा बसेर जमरा राख्न आग्रह गर्नुभयो । नमूनायोग्य घरहरु भएकाले यसमा बिजुली, पंखा, स्टोर, भान्सा र २ वटा बेडरुम रहेको उहाँले बताउनुभयो ।

यस्तै नगरपालिकाका इन्जीनियर नवराज जोशीले नगरपालिका र तराई मधेश समृद्धि कार्यक्रमको साझेदारीमा ८ वटा घरहरु निर्माण भएको बताउनुभयो । उहाँले कुल ५२ लाख ९० हजारको लागत रहेकोमा प्रतिघर ६ लाख ६१ ह्जार रुपैयाँ खर्च लागेको बताउनुभयो ।

वडासदस्य यमलाल जैसीले स्वागत मन्तव्य गरेको सो कार्यक्रमको सञ्चालन वडासचिव लोकबहादुर बुढाले गर्नुभएको थियो । कार्यक्रमा स्थानीय ८ बिपन्न दलित परिवारका सदस्यहरुलाई मेयर रावल, उपमेयर कुँवर, वडाध्यक्ष चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन राज अर्याल, इन्जीनियर जोशी लगायतले साँचो र हस्तान्रण प्रमाणपत्र प्रदान गर्नुभयो ।

यस्तै वडा नम्बर ७ को सत्तिमा रहेको सत्ति शहरी स्वास्थ्य केन्द्र भवनको उद्घाटन नगरप्रमुख तपेन्द्र रावलले गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तहमा टीकापुर नगरपालिका स्वास्थ्य क्षेत्रमा पहिलो हुन गएकोमा सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाइृ धन्यवाद दिनुभयो ।

उहाँले सबै वडाहरुमा शहरी स्वास्थ्य सेवाको सुविधा हुनेछ, वडा नं ९ मा निर्माण भइरहेको र ६ मा आजै शिलान्यास हुने र बाँकि रहेका दुई वडामा आगामी आर्थिक वर्षमा भवन निर्माण गरिने बताउनु भयो । स्वास्थ्यको अभावमा अब कसैले ज्यान गुमाउनु नपर्ने र सबैका लागि सर्वसुलभ स्वास्थ्य सेवभ वडा तहबाटै प्रदान हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका इन्जीनियर नविन ओझाले ६३ लाख अनुमान लागत रहेपनि ठेक्का घटाघटबाट ४२ लाखमा सम्झौता भइै काम समयमै सम्पन्न भएको बताउनुभयो । उहाँले उक्त स्वास्थ्य केन्द भवनमा बर्थिंग सेन्टर सहितको सुविधा भएको बताउनु भयो ।

यस्तै वडा नं ९ का वडाध्यक्ष लौटन चौधरीको अध्यक्षतामा वडा कार्यालय झुंगामा भएको एक कार्यक्रमका वीच नगरप्रमुख रावलले वडा कार्यालय भवनको उद्घाटन गर्नुभयो ।
शिलालेख पर्दापण गर्दे प्रवेशद्वारमा रहेको रिवन काटेर गरिएको सो कार्यक्रममा गत वर्षको श्रीपञ्चमीको दिन शिलान्यास गरिएको भवन निर्धारित समयमै सम्पन्न भई घटस्थापनाको दिन उद्घाटन गरेकोमा निर्माण कम्पनीलाई समेत बधाई दिनुभयो । उहाँले सबै वडा कार्यालयहरु ऋाफ्नै आधुनिक भवनमा राख्ने योजना रहेको समेत बताउनुभयो ।

कार्यक्रममा साइट हेर्ने इन्जीनियर नविन ओझाले ८३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ कुल अनुमानित ठेक्का प्रक्रियाबाट ५५ लाख १३ हजार ९ सय ७९ रुपैयाँ १३ पैसामा श्री एच. बि. कन्टक्सन बर्दगोरियासँग सम्झौता भएको बताउनुभयो ।

गतवर्ष (२०७६) पुस १५ गते ठेक्का सम्झौता भई २०७७ जेठ ३० गते सम्पन्न गर्ने समय रहेपनि कोरोनाका कारण समयावधि बढाएर असोज मसान्त गरिएकोमा निर्धारित समयमै निर्माण सम्पन्न भएको बताउनुभयो । वडा नं २ को कार्यालयको पनि एकैदिन सम्पन्न गर्ने सम्झौता सो कन्टक्सनले गरेको थियो ।

कार्यक्रमका सञ्चालक वडा सचिव लोकबहादुर बुढाले स्थानीय समाजसेवी सुमन श्रेष्ठले आप्mनो जमिनबाट ३ कठ्ठा वडा कार्यालय र निर्माणधिन शहरी स्वास्थ्य केन्द्रको लागि निःशुल्क दानमा दिएको बताउनुभयो ।

अन्तमा, वडा नं ६ को भगवानपुरमा स्थानीय कुमारराज शाहीले निशुल्क दान दिएको दुईकठ्ठा जग्गामा शहरी स्वास्थ्य केन्द्रको भवनको शिलान्याश गरिएको छ । नगर प्रमुख रावल, उपप्रमुख कुँवर र वडाध्यक्ष बलिराम चौधरीले पूजाआजा गर्दै भवनको शिलान्याश गर्नुभयो ।

