![]()
काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइ आएको रोक आदेशलाई कात्तिक मसान्तसम्म विस्तार गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट यो निर्णय गरिएको हो ।
परराष्ट्र«मन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारको निर्णय जानकारी दिने क्रममा सीमा नाकाबाट हुने प्रवेशमा लगाइआएको रोक आदेशलाई कात्तिक मसान्तसम्म विस्तार गरिएको निर्णय सार्वजनिक गरेका हुन ।
बैठकले मानवअधिकारको पाँच वर्षे कार्ययोजना समेत पारित गरेको हो ।
कोभिड–१९ जोखिम बढेकाले गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाइएको छ ।
तर ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेको छ । यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।
