Loading

एजेन्सी (दुबई), २५ असोज / विराट कोहलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ। शनिबार दुबईमा भएको खेलमा कोहलीले कप्तानी इनिङ खेलेपछि उनको टिम बैंग्लोरले महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्समाथि ३७ रनको जित निकाल्यो।

यो जितसहित ६ खेलमा ८ अंक जोडेको बैंग्लोर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मुम्बई इन्डियन्स, तेस्रो स्थानको कोलकाता नाइट राइडर्ससँग समान अंक भएपनि बैंग्लोर रनरेटमा पछि पर्दै चौथमे स्थानमा रहेको हो । ७ खेलमा २ जित मात्र आत्मसाथ गरेको चेन्नई भने ४ अंकका साथ छैठौं स्थानमा छ।

पहिला ब्याटिङ गर्दै बैंग्लोरले दिएको १७० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाए १३२ रनमात्र बनाउन सक्यो । उसका लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए भने डेब्यू खेलाडी नारायण जगदीशनले ३२ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। चेन्नाई सस्तैमा रोक्ने क्रममा बैंग्लोरका क्रिस मोरिसले ३ र वाशिंग्टन सुन्दरले २ विकेट लिए।

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले कोहलीको उत्कृष्ट ब्याटिङ मद्दतमा निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । कोहलीले सर्वाधिक ९० रन बनाए । उनले ५२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै यसैगरी देवदूत पाडिक्कलले ३३ रन जोड्दा शिवम दुवेले २२ रन बनाए । चेन्नईका शार्दुल ठाकुरले २ तथा साम कुरान र दीपक चहारले १–१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुनेछ। पहिलो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद भिड्ने छन् भने दोस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सको सामाना गर्ने छ। पहिलो खेल दुबई र दोस्रो खेल अबुधाविमा हुने छ।