Loading

चाँदनी आचार्य

कैलाली, १६ असोज सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार २०३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा ७ हजार ३७६ जना सङ्क्रमित रहेकोमा ६ हजार २०३ जना कोरोना मुक्त भएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमित रहेको कैलालीका एक हजार ८७३ जना निको भएर घर फर्किएका छन्। यस्तै अछामका ९६९, डोटीका ९६० र कञ्चनपुरका ७४९ जना सङ्क्रमित गिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। बाजुराका ४५१ , बझाङका ४३७, बैतडीका ३८९, डडेल्धुराका ३२४ र दार्चुलाका ५१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमित एक हजार १५७ जना रहेका छन ्। ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय सङ्क्रमितको संख्या ६६७ रहेको छ। निर्देशनालयका अनुसार डोटीमा १३८, बझाङमा ११०, अछाममा १०६, कंचनपुरमा ६५, दार्चुलामा ३०, बैतडी २८ र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय सङ्क्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको छ।
हाल सम्म सुदूरपश्चिमका १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कैलालीका ८, अछामका २, बझाङका २, बाजुराका र्२, बैतडी र डडेल्धुराका १÷१ जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ ।
निर्देशनालयका अनुसार हाल सम्म ८४ हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएकोछ । जम्मा सङ्क्रमित मध्ये ५ हजार ४४१ पुरुष रहेकाछन् भने एक हजार ९३५ महिला रहेका छन् । उमेरका हिसाबले सबैभन्दा बढी सङ्क्रमित २० देखि २९ बर्ष उमेर समुहका रहेको निर्देशनालयले जनाएको छ ।