![]()
बैतडी, १५ असोज । नाकाबन्दीका बेला झुलाघाटका भारतीय व्यापारिले नेपालीसँग ठट्टा गर्दै भन्ने गरेको शब्द थियो ‘झुलाघाट पुल बन्द भएपछि डोट्याल ( सुदूरका नेपाली) लाई नुन खान पनि समस्या हुन्छ ।’ समय न हो, आज त्यो ‘नुन वाला ठट्टा’ले उल्टै भारतीय व्यपारिलाई गिज्याईरहेको छ । नेपाल–भारतबीच ‘रोटी –बेटीको मात्र होईन युगौंदेखि आर्थिक सम्बन्ध समेत उस्तै रहेको छ । तर, कोरोनाका कारण झुलाघाट पुल बन्द हुँदा भारतीय व्यापारिले सडकमै अनशन बसेर झुलाघाट पुल खोल्नु पर्ने माग गरेका छन् ।
कोरोनाका कारण नेपाल भारत जोड्ने झुलाघाट पुल सात महिनादेखि बन्द छ । झुलाघाट पारि भारतीय क्षेत्रमा रहेका २०० करिब भारतीय पसले नेपाली ग्राहक रोकिएपछि बैंकको व्याज र दैनिक घर खर्च चाउन समेत मुश्किल परेपछि सडकमा निस्केर अनिश्चितकालीन अनशनमा बसेका हुन । भारतीय व्यापारिले झुलाघाट पुल खोलेर नेपालीलाई भारत आउनु दिनुपर्ने या त बैंकको ऋण मिनाहा गर्नु पर्ने माग राख्दै व्यापार संघ झुलाघाटका अध्यक्ष जगदीश जोशीको नेतृत्वमा झुलाघाटका व्यापारि आन्दोलित बनेको भारतीय पत्रकार सुरेन्द्र आर्यले बताउनुभयो ।
झुलाघाटमा रहेका दुईसय वटा पसले मध्ये अधिकांशले बैंकको लाखौं ऋण तिर्न सकेका छैनन्् । कोरोनाका कारण झुलाघाट पुल बन्द हुँदा नेपाली ग्राहक रोकिएपछि भारतीय व्यापारि घर न घाटको बन्न पुगेका छन् । झुलाघाट पुल खोल्नु पर्ने माग राख्दै व्यापारिले भारतीय नेताहरुको पुत्लासमेत जलाएका छन् ।
विहीबार आन्दोलकारीसँग बार्ता गर्न झुलाघाट आईपुग्नु भएका तहसीलदार पंकज चंमदोला र राजस्व उप निरीक्षक गोपालसिंह डिनियाले आन्दोलन स्थगित गर्न आग्रह गरे पनि व्यापारिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । भारतीय अधिकारीहरुको आन्दोलनकारीले कुरै नसुनेपछि उहाँहरु पिथौरागढ फिर्ता भएको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताउनुभयो ।
पेन्सन बुझ्ने नेपालीका लागि मात्र पुल खोल्न नदिने व्यापारिको चेतावनी
.jpg)
विहीबार आन्दोलकारीसँग बार्ता गर्न झुलाघाट आईपुग्नु भएका तहसीलदार पंकज चंमदोलाले भूपू भारतीय सैनिकका रुपमा पेन्सन पाउँदै आएका नेपालीका लागि तीन झुलाघाट पुल खोल्ने जानकारी गराएपछि पेन्सनका लागि मात्र झुलाघाट पुल खोल्न नदिने व्यापारिले चेतावनी दिएका छन् । व्यारिहरुले पिथौरागढ जिल्ला अधिकारीलाई पत्रनै लेखेर पेन्सन बुझेना मात्र नेपालीका लागि तीन दिन गेट खोल्न नदिने चेतावनी दिएका हुन् ।
व्यापार संघ झुलाघाटका अध्यक्ष जगदीश जोशीको नेतृत्वमा झुलाघाटका व्यापारिले पेन्सन बुझेन आउने नेपालीका लागि मात्र गेट खोल्न नदिने चेतावनी दिएको व्यारिलाई उद्धृत गर्दै भारतीय पत्रकार सुरेन्द्र आर्यले जानकारी दिनुभयो । दुई महिना अघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पुल बन्द गरेको भन्दै ओलीबिरुद्ध समेत भारतीय व्यापारिले नाराबाजी गरेका थिए ।

