![]()
टीकापुर/गणेश बाबा इंग्लिश बोर्डिङ स्कुल टीकापुरमा शुक्रबार कक्षा १० का विद्यार्थीलाई एसएसइ परीक्षा पुर्व सफलताको कामना सहित कक्षा ९ का विद्यार्थीहरुद्वारा सम्मान गर्दै एक कार्यक्रमको आयोजना गरिएको छ ।
कक्षा ९ का छात्रा जैसरा टमट्टाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल गजेन्द्र बहादुर बुढा, अतिथिहरु पुष्पराज उपाध्याय, दुर्गाप्रसाद भण्डारी, अच्युत बरालले शुभकामना ब्यक्त गर्नुभएको थियो।
यसैगरी कक्षा १० का तर्फबाट चन्द्रप्रसाद जैसी र पारस कुँवरले विद्यालयले गरेको माया र स्नेहको उल्लेख गरेका थिए । कार्यक्रममा कक्षा ९ का तर्फबाट कक्षा १० का विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो। सञ्चालन कक्षा ९ का छात्र आयुष्मान बजगाईंले गरेका थिए।
आयोजित फेरि भेटौला कार्यक्रमका केही झलकहरु ।
