![]()
टीकापुर, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष महात्मा नरबहादुर रावलले आत्मालाई परमात्माको बोध भएमा मात्रै मानव जन्म भएको सार्थक हुने बताउनुभएको छ । उहाँले उक्त कुरा सन्त आदर्श विद्या मन्दिर टिकापुरकी अध्यापिका लक्ष्मी न्यौपाने भण्डारीको जन्मदिनको अवसरमा बताउनु भएको हो ।

सन्त निरंकारी सत्गँग भवन टिकापुरका मुखी महात्मा महादेव भण्डारीको जेष्ठ बुहारी न्यौपानेको ३४ औँ जन्मदिनको अवसरमा टीकापुर ब्लक नं १४ स्थित निवासमा सत्संगत कार्यक्रम ओजना गरिएको थियो । सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि महात्मा रावलले गुरुको वचनको पालना नै गुरुभक्तहरुका लागि सर्वोत्तम भक्ति भएको बताउनुभयो । उहाँले ईश्वरको ज्ञान बिनाको भक्तिको पनि कुनै सार्थकता नहुने उहाँले बताउनुभयो।

यस्तै सेवादल सञ्चालक बलबहादुर सार्कीले सन्त निरंकारी महापुरुषहरुले हरेक कार्य गर्दा सत्सँगत कार्यक्रम आयोजन गरेर सन्त भक्तको आशिर्वाद लिएर गर्ने गरिरहेको बताउनुभयो । यस्तै वरिष्ठ पत्रकार दुर्गाप्रसाद भण्डारीले सत्सँग नै वास्तविक सरोवर (गँंगास्नान)ले हुने भएकोले ज्ञानी सन्तहरुले मनको दुर्गन्ध सफाइ गर्न नियमित रुपमा सत्संग गर्नालेमात्र हुने बताउनुभयो । त्यसैले तनको सफाइ पानीले गरेपनि मनको सफाइ गर्न सत्सङ्ग अनिवार्य रहेको पत्रकार भण्डारीले बतानुभयो।

यस्तै बलहादुर रावल, हृदयराज रेग्मी, जुनी रावल,भीमबहादुर ठकुल्ला, प्रेमसिंह, राजन रेग्मी लगायतले प्रवचनको माध्यमबाट शुभकामना प्रदान गर्नुभएको थियो। यसैगरी महापुरुषहरु रामबहादुर थापा, तेजबहादुर बोहरा, प्रल्हाद रावल, निराजन बोहरा लगायतले भक्तिगीत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा आयोजकको तर्फबाट मुखी महादेव भण्डारीले हमेसा सेवा, सत्संग र सुमिरन ९ध्यान० परिवार समर्पित भएर रहन सकोस् भन्दै आशिर्वाद माग्नुभएको थियो। सत्संग सञ्चालन महात्मा श्रीराम काफ्लेले गर्नुभएको थियो।







