Loading

टीकापुर, सत्तागठबन्धन दलहरुवीच मन्त्रालय बाँडफाँड सम्बन्धी सहमति भएपछि मंगलवार मन्त्रीपरिषद बिस्तार गरिएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी छन् । राष्टिपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफरिसमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

साथै भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रालय हेरफेर समेत गरेकी छन् । पछिल्लो मन्त्री परिषद गठन अनुसार नेकपा माओवादीबाट प्रधानमन्त्री सहित ५ मन्त्री र १ राज्यमन्त्री गरी ६ जना, नेकपा एमालेबाट १ उपप्रधानमन्त्री ७ मन्त्री सहित ८ जना, राष्टिय स्वतन्त्र पार्टीबाट १ उपप्रधानमन्त्री ३ मन्त्री र १ राज्यमन्त्री सहित ४ जना, राप्रपाबाट १ उपप्रधानमन्त्री २ मन्त्री र १ राज्यमन्त्री सहित ४ जना मन्त्री तथा जनमत पार्टीबाट १ जना मन्त्री नियुक्त भएका छन् । अन्य सबै मन्त्रीले कार्यभार सम्हाले पनि जनमत पार्टीबाट नियुक्त मन्त्रीले भने मन्त्रालय चित्त नबुझेको भन्दै पदभार ग्रहण गरेनन् ।

यसैगरी भण्डारीले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपति भण्डारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारीसमा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गरेकी हुन् । उनीहरूलाई आजै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराइएको छ ।

मन्त्रीहरूको कार्यविभाजन हेर्नुस् : –

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 १. श्री पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री वन तथा वातावरणयुवा तथा खेलकुद
 २. श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ
 ३. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात
४. श्री रबि लामिछाने उपप्रधानमन्त्री गृह
 ५. श्री राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
 ६. श्री रेखा शर्मा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
 ७. श्री विक्रम पाण्डे मन्त्री शहरी विकास
८. श्री ज्वाला कुमारी साह मन्त्री कृषि तथा पशुपंक्षी विकास
९. श्री दामोदर भण्डारी मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१०. श्री राजेन्द्रकुमार राई मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
११. श्री अब्दुल खान मन्त्री खानेपानी
१२. डा. विमला राई पौड्याल मन्त्री परराष्ट्र
१३. श्री पदम गिरी मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
१४. श्री भगवती चौधरी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५. श्री हरिप्रसाद उप्रेती मन्त्री रक्षा
१६. श्री सुदन किराती मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७. श्री अमनलाल मोदी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८. श्री शिशिर खनाल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
१९. श्री डोलप्रसाद अर्याल मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०. श्री ध्रुवबहादुर प्रधान मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
२१. श्री सुशिला सिर्पाली ठकुरी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२. डा. तोसिमा कार्की राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
२३. श्री दिपक बहादुर सिंह राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधान मन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।  साथै, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नवनियुक्त माननीय राज्यमन्त्रीज्यूहरूडा. तोसिमा कार्की र श्री दिपक बहादुर सिंहले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।

२०७९ साल माघ ३ गते मङ्गलबार ।

(सागर आचार्य)

प्रवक्ता