![]()
टीकापुर/नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको त्स्रो सम्मेलनले आगामी कार्यकालका लागि पुष्पराज उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शनिबार टीकापुरमा भएको उक्त सम्मेलनले उपाध्यक्षमा राजेश लामिछाने र रिया भट्टराईलाई चयन गरेको हो । यस्तै अन्य पदाधिकारीहरुमा सचिव अंकित अधिकारी, सहसचिव सुमन पुनमगर र कृति ढकाल तथा कोषाध्यक्षमा बरम पुजारालाई चयन गरेको छ ।



सम्मेलनले सदस्यहरुमा संयोग सापकोटा, विपिन के.सी., शिवराज उपाध्याय, आरती के.सी., सर्वज्ञा आचार्य, प्रेरणा गुरुंग, खगेन्द्र भट्ट, ललिजन ठकुल्ला, पुष्कल आले मगर, दीलिप चौलागाई र अञ्जली श्रेष्ठलाई चयन गरेको छ ।
यसैगरी शनिबार नै भएको प्राकृतिक स्रोत कलेजकै प्राविधिक शिक्षा तर्फको प्राविधिक समितिको सम्मेलनले पनि नया कार्यसमिति चयन गरेको छ । उक्त समितिको अध्यक्षमा जानकी पाण्डेय र उपाध्यक्षमा लक्ष्मण दत्त भट्ट र अमृता पौडेल चयन भएका छन् भने अन्य पदाधिकारीहरुमा शिशिर बि.क., सचिव सन्तोष भण्डारी तथा सहसचिवमा विजय लोनिया र आकृति अर्याल रहेका छन् ।
यस्तै सदस्यहरुमा चित्रप्रकाश उपाध्याय, महेश जोशी, स्मृति अछामी, सविना पौडेल, छेमराज साउद, अर्जुन भट्ट, कतिका घिमिरे र निशा थारु रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिकाका उपप्रमुख खडक बहादुर शाह र विशिष्ट अतिथि अनेरास्ववियू क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डम्मर भट्टराई रहेका थिए ।
