![]()
टीकापुर/नेकपा माओवादीमा उपमहासचिव समेत रहेकी माननीय उर्जा मन्त्री पम्फा भुसाल पराजित भएकी छन् । ललितपुर १ बाट प्रतिनिधि सभा उम्मेद्वार रहेकी भुसाललाई राष्टिय स्वतन्त्र पार्टीकी उम्मेद्वार डा. तोसिमा कार्की विजयी भएकी हुन् ।
मेडिकल चिकित्सक रहेकी डा. तोसिमाले भुसाललाई हराउँदै परवर्तन र युवा रोजेको कुरा पुष्टि गरेको छ । सत्ता गठबन्धनकी साझा उम्मेद्वार रहेकी भुसाललाई गठबन्धनका अन्य दलहरुले धोका दिएको आरोप लागेको छ । नेपाली कांग्रेसका केही नेताहरुका यसअघि सामजिक सञ्जाल, युटुब रसञ्चारमाध्यमहरुमा यस अघि आएका अभिव्यक्तिहरु नै सत्य सावित भएका छन् ।
उनीहरुले पम्फा भुसाल र माओवादीलाई पटकपटक उम्मेदार बनाएर आप्mनो पार्टीलाई खाली गर्ने कुरा किमार्थ सही नहुने बताउँदै आएका थिए । पार्टी सभापतिले जबरजस्ती गरे निर्वाचनमा देखाइ दिने बताउँदै आएका थिए । परिणाम स्वरुप भुसाल पराजित हुन पुगेकी छन् ।
मत परिणाम अनुसार नवनिर्वाचित साँसद कार्कीले मत र मन्त्री भुसालले मत पाएका हुन् । डा. तोसिमा लामो समयसम्म चिकित्सा सुधारका निम्ति भएका डा. गोविन्द केसीको सत्याग्रहको आन्दोलन र आमरण अनसनसँग जोडिदै आएकी हुन् ।
