Loading

सुर्खेत २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही विरुद्ध नेकपा कर्णाली प्रदेशको संसदीय दलमा आइबार अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा उत्पन्न राजनीतिक तरंग वालुवाटार र खुमलटार सम्म पुगेको छ । नेकपा कर्णाली प्रदेशमा चुलिएको विवाद झन उग्र हुने देखिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्रवहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरेका छन । शाहलाई जिम्मेवारीवाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सिता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन ।

मुख्यमन्त्री शाही विरुद्ध आइतवार दलका वहुमत सांसदहरुले अविश्वासको प्रस्ताव दलमा दर्ता गरेपछि प्रमुख सचेतक शाहले मंगलवार दिउसो १ वजे संसदिय दलको बैठक वोलाएका थिए । तर शाहले वोलाएको वैठक वस्न नपाउदै मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेर सांसद सिता नेपाली लाई प्रमुख सचेतकमा नियुक्त गरेका छन । पदमुक्त भएका शाह पुर्व एमालेका हुन भने नेपाली पुर्व माओवादीका हुन आइतवार सत्ता पक्षकै सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद चुलिएको हो ।

शाहीले नियुक्त गरेको प्रमुख सचेतक नेपालीले कात्तिक ७ गते विहान ११ वजे वैठक वोलाएकी छन । अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुको समुहले कुनै पनि हालतमा बैठक नरोक्ने वहुमत पुरयाएर दलको नेता फेर्ने सरकार प्रमुख नै फेर्ने रणनितिमा रहेका छन ।
उनिहरुले सोचे जस्ता सहज भने देखिदैन जस्तो माधवकुमार नेपाल निकट सांसदहरु आफनो हस्ताक्षर फिर्ता लिएर आएमा तत्काल मुख्यमन्त्री शाहीको संकट हल हुने देखिन्छ । अहिले मुख्यमन्त्री शाहीलाई साथ दिने आफु सहित पुर्व माओवादीका १० जना र नेपाल निकट मन्त्री प्रकाश ज्वाला रहेका छन । हस्ताक्षर नगरेपनि शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई आइवार नै पदमुक्त गरेका छन । यामलाल कंडेल निकट २ जना मन्त्रीले अहिले सम्म शाहीलाई साथ दिइरहेका छन ।

यदि उनिहरुले साथ नदिए पनि पुर्वमाओवादीका ३ जना र नेता नेपाल निकट ७ जना सांसदहरु फर्किए भने २१ जना हुनेछन । सरकारमा रहेका कंडेल निकट मन्त्रीहरुले र हस्ताक्षर गर्ने प्रदेश सभाका उपसभामुख सहित पुर्व माओवादी ३ जना सांसदरुले मुख्यमन्त्री शाहीलाई साथ नदिएमा नेकपा संसदिय दलमा १८ जना हुनेछन त्यो संख्या भनेको दलको नेताको पक्षमा हुने वहुमत हो । कर्णाली प्रदेशमा ४० जना सांसद मध्ये नेकपाका सांसदहरु ३३ जना रहेका छन भने नेपाली कांग्रेशका ६ जना र राप्रपाका १ जना छन । जसमा नेकपाको कोटावाट राजवहादुर शाही सभामुख भएकोले ३२ जनाले मात्र अल्पमत र वहुमतमा भाग लिनेछन । केन्द्रको सहमती र नेपाल निकट सांसदहरु फर्किएमा मुख्यमन्त्री शाहीलाई राहत हुनेछ ।