![]()
टीकापुर १३ कात्तिक
भेरी साहित्य समाज कैलाली जिल्ला कार्य समितिको आयोजनामा आइतबार टीकापुरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरिएको छ ।
टीकापुर सामुदायिक पुस्तकालयको सभाकक्षमा भएको उक्त कार्यक्रमका स्थानीय २२ जना स्रष्टाहरुले कविता, गीत, गजल तथा मुक्तक प्रस्तुत गरेका थिए ।

कार्यक्रमको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डँगौरा थारु तथा उपप्रमुख खडकहादुर शाहले पानसमा बत्ति बाली उद्घाटन गरेका थिए । सो अवसरमा शुभकामना प्रस्तुत गर्नेका नगरप्रमुख थारु, उपप्रमुख शाह, टीकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. धनकृष्ण उपाध्याय, टीकापुर नागरिक समाजका अध्यक्ष भीमराम चपाई, टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी लगायत रहनु भएको थियो ।

कार्यक्रममा कविता प्रस्तुत गर्ने कविहरुमा प्राज्ञिक समाज टीकापुरका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्याय, वीरेन्द्र विद्या मन्दिर टीकापुरका सहायक प्रिन्सिपल योगेन्द्रप्रसाद बजगाइँ, डीपी दर्शन, कान्तिप्रसाद ज्ञवाली, कैलाश वियोगी, पूर्वस्रोत ब्यक्ति टीकाराम जोशी, देवकोटा साहित्य कला समाजका अध्यक्ष बलबहादुर रावल, सुदूरपश्चिम साहित्य संगीत कला प्रतिष्ठानका अध्यक्ष देवानन्द रिमाल, टीकापुर सामुदायिक पुस्तकालयका निवर्तमान सचिव कण्ठराज गिरी, पूसतकालयकै उपाध्यक्ष धर्मचन्द्र शर्मा, आनन्दबिक्रम राणा, टीकाराम आर्य, रामप्रसाद रिमाल, राजन रेग्मी लगायत रहेका थिए ।
यसैगरी गजल प्रस्तुत गर्ने गजलकारहरुमा अशोक बोहरा असीमपीडा, मीनबहादुर थापा मिलन, कासीराम ढुंगाना, महेश रिमाल लगायत थिए । गीत प्रस्तुत गर्नेमा टीकापुरका बहुप्रतिभाशाली ब्यक्तित्व नरबहादुर बटाला र मुक्तक वाचन गर्नेमा सञ्चारकर्मी समेत रहेका कलाकार झलनाथ खनाल रहेका थिए ।
स्थापनाको एक महिनामै भेरी साहित्य समाजले कार्यक्रम गरेकामा धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ले उल्लेख्य कार्य गर्दा नगरपालिकाको साथ र सहयोग रहने प्रमुख तथा उप्रप्रमुखले बताए । उनीहरुले अन्य कार्यक्रमभन्दा साहित्यिक स्रष्टाहरुको कार्यक्रम निकै रोचक र उत्साहपूर्ण हुने भएकोले आफूहरु लामो समयसम्म कार्यक्रममै बसेको बताए ।
यस्तै देवकोटा साहित्य कला समाजका अध्यक्ष बलबहादुर रावलले नवनिर्माण गरिएको देसाकको भवनमा टीकापुरस्थित सम्पूर्ण साहित्यक संस्थाहरुलाई निशुल्करुपमा कार्यालय सञ्चालनका लागि कोठाहरु दिइने उद्घोष र प्रतिवद्धता समेत गरेका थिए ।
भेरी साहित्य समाज जिल्ला कार्य समिति कैलालीका अध्यक्ष चक्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कान्तिप्रसाद ज्ञवाली र सञ्चालन सचिव दुर्गाप्रसाद भण्डारीले गरेका थिए ।
गत भदौ १४ गते शनिबारका दिन चक्रप्रसाद अधिकारीको अध्यक्षतामा ७ सदस्यीय कैलाली जिल्ल तदर्थ समिति गठन भएको थियो । उक्त समितिमा कान्तिप्रसाद ज्ञवाली उपाध्यक्ष, सचिव दुर्गाप्रसाद भण्डारी, सहसचिव कैलाश देव नगार्जी, कोषाध्यक्ष अशोक बोहरा, सदस्यहरु क्षत्रबहादुर दर्लामी मगर, झुमा कुमारी जैसी, ईश्वरी ज्ञवाली रहेका थिए ।
