Loading

टीकापुर/भेरी साहित्य समाज कैलाली जिल्ला कार्यसमितिको भोलि (आइतबार) टीकापुरमा एक साहित्यिक कार्यक्रम हुने भएको छ । समितिका सचिव दुर्गाप्रसाद भण्डारीका अनुसार दीपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम गरिने भएको हो ।
टीकापुरका साहित्यिक स्रष्टाहरुलाई आमन्त्रित गरिएको उक्त कार्यक्रममा कविता, गजल, गीत, मुक्तक आदि साहित्यका विविध विदाका रचनाहरु वाचन गरिने भएका छन् । पचास भन्दा बढी साहित्यकर्मीहरुको सहभागिता रहने उक्त कार्यक्रम बिहान ११ बजेदेखि टीकापुर सामुदायिक पुस्तकालयको सभाकक्षमा गरिने छ ।
लुम्विनी प्रदेशको प्रमुख शहर बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको यस समितिका जिल्ल शाखाहरु कर्णाली र लुम्विनी प्रदेशमा रहेका छन् । तर, सुदूरपश्चिम प्रदेशमा भने यो नै पहिलो जिल्ल शाखा भएको सचिव भण्डारीले बताए । उनले शाखा गठनको एक महिनामै गर्न लागिएको यो नै पहिलो कार्यक्रम भएको बताए ।