![]()
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैकठ बोलाएको छ । कात्तिक ३–४ गतेको लागि बोलाइएको बैठकमा विभिन्न पाँच कार्यसूचीमा छलफल हुने सो पार्टीले जनाएको छ । पार्टीको विधान संशोधन र नियमावली, संघीय परिषद्को गठन र कार्यविभाजन, केन्द्रीय समितिको गठन तथा कार्य विभाजन, केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको कार्यविभाजन, पार्टी समायोजन लगायतका कार्यसूचीमा छलफल गर्न कार्यरिणी समितिको बैठक बोलाइएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।
गत वैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको हो । असारमा निर्वाचन आयोगबाट मान्यता पाएपछि यसको समायोजनको प्रकृया शुरु भएको हो । केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर समायोजनका लागि निर्देशिका पनि पारित गरेको छ । सोही अनुसार पार्टीका अन्य संगठनको समायोजन गरिने प्रकृया शुरु भएको छ ।
दुवै पार्टीले जसपा केन्द्रीय समितिका लागि आ–आफ्नो तर्फबाट नामावली बुझाइसकेको छ । राजपा नेपालबाट आवश्यकताभन्दा बढी नाम गएका छन् त्यसलाई काँटछाँट गर्ने काम भइरहेको छ । त्यसलाई टुगों लगाई कार्यकारिणी समितिको बैठकबाट केन्द्रीय समितिको घोषणा गर्ने बताइएको छ ।
