![]()
नेकाले पाउने निर्वाचन क्षेत्र
सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा गठबन्धन दलहरुले कहाँ के कति पाउने भन्ने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो । जस अनुसार नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ।
जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर ३, कञ्चनपुर २, डडेलधुरा, दार्चुला, कैलाली १, ४, ५, अछाम २, बाजुरा, सुर्खेत १ र २, दैलेख २, मुगु, नवलपरासी पश्चिम २, बर्दिया १ रहेको छ । दैलेख १ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।
यसैगरी चितवन १ र २, गोरखा १, मनाङ, कास्की १, तनहुँ १ र २, स्याङ्जा १ र २, नवलपरासी पूर्व १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी १, पाल्पा १, अर्घाखाँची, रुपन्देही ३, ४ र ५, कपिलबस्तु २, ३, दाङ ३ र बाँके ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
यसैगरी पाँचथर, इलाम २, झापा १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १,२,३ र ६, सुनसरी २,३ र ४, ओखलढुंगा, उदयपुर १, सप्तरी ३, ४, सिरहा १, २ धनुषा २, ३ र ४ महोत्तरी २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।
यस्तै सर्लाही ४, बारा १, पर्सा ३ र ४, सिन्धुली १, रसुवा, धादिङ २, नुवाकोट २, काठमाडौं १, १०, ३,४,५,६, भक्तपुर १ र २, ललितपुर १, काभ्रे २ सिन्धुपाल्चोक २ र मकवानपुर १ कांग्रेसले लिने बताइएको छ ।
जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा ४ मा जसपा, महोत्तरी ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।
माओवादी केन्द्रले पाउने निर्वाचन क्षेत्र
सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो ।
जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने करिब करिब सहमति जुटेको छ ।
बाबुराम भट्टराई नेतृत्वको नेसपासहित जोडेर माओवादीले ५३ सिट पाउने करिब सहमति जुटेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी छ।
एकीकृत (समाजवादी)ले पाउने निर्वाचन क्षेत्र
सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो ।
जसअनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र दिइने भएको हो ।
तर, ती मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ । बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।
जसपाले पाउने निर्वाचन क्षेत्र
सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो ।
सहमतिअनुसार राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ । यस्तै जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक र सप्तरी २ पाउने सहमति भएको छ ।
जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ।
