Loading

कैलाली/ टिकापुर नगरपालिका-२ कोठारपुरमा से.६ प. ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-२ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, जोशीपुर गाउँपालिका-१ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका-१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।