![]()
धनगढीः सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गर्दै बुधवार प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले धनगढीको पार्कमोडमा बुधबार साँझ प्रदर्शन गरेका हुन्।
राष्ट्रपति भण्डारीले नागरिता विधेयक पारित नगरेको भन्दै प्रदर्शन गरिएको हो। उनीहरुले राष्ट्रपतिको समर्थन तथा गठबन्धनको विरोध गरेका छन्। राष्ट्रपति भण्डारीको निर्णयलाई सम्मान गर्दै प्रदर्शन गरिएको उनीहरुले बताएका छन्।
