![]()
पैसा हो सब बाद किन्न सहजै सक्ने तुरुन्तै यहाँ ।
पैसा हो ल चुनाउमा पनि बुझौँ जित्ने लडाइँ यहाँ ।
पैसाले त यहाँ ठुला अति ठुला बिक्री हुँदैछन् अरे ।
साना ती जनको रहेन अब ता औकात कत्ति हरे ।
सिद्धान्तै सब त्यो बिकेछ बढिया मुल्यै लगाई यहाँ ।
स्वार्थैले सब मिल्नगो सुनकुरा हाल्दै अंगालो यहाँ ।
आप्mना भाइ र बन्धुका विषयमा सिद्धान्त भो बन्धकी ।
ज्वाइँ औं बहु पुत्र नै हुन गए नाफा लिने मध्ये ती ।
कस्तो थ्यो मुलुकै यहाँ उसघरी धेरै गरी मन्परी ।
संमृद्धै ल बनाउछौं भनि गरे नाट्यै त्यो नाना थरी ।
सोझा ती जनहेरु फेरि अहिले बाँच्नै नसक्ने भए ।
नेताका महलै बने शहरमा, जन्ता गरीबै रहे ।
गुण्डाभै ल सताउने जनसब,ै नेता बनि गर्जिए ।
नेताले त किनेर हेर उसकै, साम्ने महाँ भन्दिए ।
यस्तै भो सुन लौ यहाँ गजबको, क्रान्ति भनेको पनि ।
विश्वासै अब लौ रहेन जनको, यी दुर्जनै हुन् भनी ।
ब्यंग कविता : डीपी दर्शन (२०७९ भदौ २९ गते बिहान ५ बजे)
