Loading

काठमाडौं । निलम्बत प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले महाभियोग सिफारिस समितिको प्रतिवेदनलाई चूनौती दिदै सर्बोच्चमा फर्केने घोषणा गरेपछि उनी अघोािषत नजरवन्दमा परेका छन् । प्रधान्यायाधीशको सरकारी निवासमा बालुवाटारमा उनलाई यस्तो अघोषित नजरबन्दमा राखेको स्रोतले बतायो ।

आईतबार बिहान निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन । आइतबार सर्वोच्च अनिस्कन रोक्न रोक लगाइएको हो । जबरा सर्वोच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्याकालनै सकिएपछि जबरा आइतबार सर्वोच्च अदालत आउने बताएका थिए । जबरााविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो । दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए ।

महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर शनिबार साँझ अबेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो ।

सौर्य अनलाइनबाट