Loading

काठमाडौं । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ः०० देखि अन्त्य हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए । नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

चालु ११औँ अधिवेशनमा १४ विधेयक पारित

संघीय संसद् प्रतिनिधिसभाको एघारौँ अधिवशेनको पहिलो बठैक विसं २०७९ जेठ ३ गते मङ्गलबार प्रारम्भ भई २०७९ असोज १ गते शनिबारसम्म जम्मा एक सय २४ दिन चालु रह्यो ।

जसमध्ये ५९ दिनमा ६८ पटक बैठक बसी जम्मा दुई सय ५१ घण्टा १५ मिनेट ससंदीय काम कारबाहीमा व्यतित भएको संघीय संसद् सचिवालयले जनाएको छ । यही अधिवेशनमा संघीय संसद्को दुवै सदनको संयुक्त बठैक दुईपटक बसी चार घण्टा ४५ मिनेट समय व्यतित भएको थियो ।

त्यसैगरी यस अधिवेशनमा सभाका अघिल्ला अधिवेशनहरूबाट जम्मा ४२ वटा विधेयकहरू प्राप्त भएका थिए । जसमध्ये १६ वटा विधेयक सभाबाट पारित भएका छन्, सातवटा विधेयक विभिन्न समितिमा विचाराधीन रहेका छन्, सातवटा विधयेक सभामा प्रस्तुत मात्र भएको अवस्थामा छन् भने ११ वटा विधेयक दर्ता मात्र भएका छन् ।