![]()
टीकापुर सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा प्रा.डा. जगतबहादुरसिंह रावललाई मनोनित गरेको छ । सरकारले रिक्त पदहरु मनोनयनमा उपाध्यक्ष र सदस्य पदमा मनोनयन गरेको हो ।
उपाध्यक्ष पदमा यसअघि सदस्य रहेका मोहनदेव विष्टलाई र सदस्य पदमा प्रा.डा. रावललाई नियुक्त गरेको हो । विहीबार आयोगको कार्यालयमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष विष्ट र रावलले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले विष्ट र सदस्य प्राध्यापक डाक्टर रावललाई उपाध्यक्ष विष्टले पद तथा गोपनियताको सपथ गराएका हुन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको एक उपाध्यक्ष, एक महिलासहित दुई जना सदस्य प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था छ ।
विगत दुई दशकदेखि टीकापुर बहुमुखी क्याम्पसको प्राध्यापनरत रावल उक्त क्याम्पसका संस्थापक क्याम्पस प्रमुख पनि हुन् । हाल सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापक रहेका रावलले कर्पोरेट सोसियल रेस्पोन्सिविलिटीमा विद्यावारिधि गरेका छन् । उनले यसअघि वीरेन्द्र विद्या मन्दिरको उच्चमावि तहको संस्थापक प्रिन्सिपल भई काम गरिसकेका छन् । प्राध्यापक रावल नेपाल जेसीज, नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, जालवादेवी सेवा समिति लगायतका संस्थाहरुको संस्थापक समेत हुन् ।
