![]()
भजनी/पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा एकीकृत पोषण कार्यक्रमको दिगोपना एवं सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठी बुधबार भजनीमा सम्पन्न भएको छ।
बैठक तथा गोष्ठीमा आफ्नो धारणा राख्दै नगर प्रमुख केवल चौधरीले समुदाय स्तरमा पोषण प्याकेजलाई पुर्याउन सबै लाग्नु पर्ने बताए । उनले त्यसका लागि नगरपालिकाबाट हुन सक्ने कार्य गरिने समेत बताए ।
सुआहारा प्रदेश कृषि संयोजक कुल प्रसाद सुवेदीले सहजीकरण गर्दै नेपालका ४२ वटै जिल्लामा सुआहारा कार्यक्रम संचालिन भैरहेको बताए। उनले सुआहारा कार्यक्रमले समेटेका क्षेत्रहरु स्वास्थ्य, कृषि विकास, पशु पन्क्षी विकास, महिला बालबालिका, खाने पानी तथा सरसफाई बारे जानकारी गराएका थिए ।
कार्य योजना निर्माण सुआहारा वरिष्ठ प्राबिधिक रजनी चौधरीले कार्य योजना निर्माण बारे जानकारी गराएकी थिइन् । उनले दीर्घकालीन सोच, स्थानीय तह, वडा तह, र पोषणमा सुधार ल्याउन समेट्नु पर्ने बिषयका बारेमा जानकारी गराइन्् । उनले सबै मानिसलाई कुपोषण हुनसक्ने बताउँदै मानिसको बौद्धिक विकासको गति, नेपालको पोषण संग सम्बन्धित तत्वहरुको बारेमा सहजीकरण समेत गरेकी थिइन् ।
भजनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलास चौधरीले स्वास्थ्य शाखाले कुपोषण सम्बन्धि गरेका काम कार्बाही बारे प्रष्ट गर्दै विभिन्न विद्यालयहरुमा जुकाको औषधि, आईरन चक्की समेत दिएको बताए। उनले स्थानीय बजेट, पोषण सम्बन्धि सवाल पक्ष र सुधार गर्नुपर्ने विषयमा पनि जानकारी गराए ।

नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको उक्त बैठक तथा गोष्ठीमा उप-प्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओली, सुआहारा कृषि बजार वरिष्ठ प्रबन्धक राम कुमार न्यौपाने, वडा अध्यक्ष, नगरको सम्पुर्ण बिषयगत शाखाका प्रमुख र स्थानीय सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
बैठक र कार्यशाला गोष्ठीको संचालन स्वास्थ्य शाखा प्रमुख कैलास चौधरीले गरेका थिए ।
