Loading

काठमाडौँ/मार्क्सवादी ज्ञान केन्द्रको दोस्रो साधारण सभा आइतबार काठमाण्डौमा सम्पन्न भएको छ । कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा भएको साधारण सभाले सो अवसरमा एक विचार षष्ठी समेत आयोजना गरेको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा भएको विचार गोष्ठीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष घनश्याम भुसाल, नेकपा बहुमतका अध्यक्ष धम्रेन्द्र वास्तोलाले सम्बाधन गरेका थिए ।
बन्दसत्रले अध्यक्ष मनहरि तिमिल्सैनाले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन, महासचिवको साँगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ । कार्यक्रममा वर्ष उत्कृष्ठ सदस्यमा सिता कडरिया, वर्ष उत्कृष्ट प्रदेशका कर्णाली प्रदेश र वर्ष उत्कृष्ट विभागमा आर्थिक विभागलाई सम्मानित गरिएको छ ।

यसैगरी संस्थाको अक्षयकोष्मा एकलाख रुपैइाँ नगद सहयोग गरेवापत राधिका ओझालाई समेत सम्मानित गरिएको थियो । साधारण सभामा सातवटै प्रदेशबाट आएका आजीवन तथा साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।