Loading

अध्यक्षमा सापकोटा र महासचिवमा रिमाल
टीकापुर/टीकापुर उद्योग वाणिज्य संघको चुनावी साधारण सभाकले आगामी कार्यकालका लागि चक्रपाणी सापकोटाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार भएको मतदानको आइतबार आएको परिणाम अनुसार सापकोटा र निवर्तमान महासचिव तपेन्द्र स्वाँरको समूहबाट मिश्रित रुपमा निर्वाचित भएका छन् ।
पदाधिकारीहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सापकोटा प्यानलबाट निर्वाचित भएका छन् भने अध्यक्षपछिका शक्तिशाली पद महासचिव र कोषाध्यक्षमा स्वाँर प्यानलबाट निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा पनि स्वाँर प्यानलबाट एकजना विजयी भएका छन् ।
विजयी हुनेहरुमा अध्यक्षमा चक्रपाणी सापकोटा, उपाध्यक्षमा कृष्णप्रसाद बजगाई तथा सन्तोष खड्का, महासचिवमा नवराज रिमाल, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउँद निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यहरुमा प्रकाश उपाध्याय, पृक्ष्वीराज ढुंगाना, पृथ्वीराज ढुंगाना, हेमन्त रावल, बमबहादुर ओली, लालबहादुर चौधरी, दुर्गा शाहु, नमराज देवकोटा, हंशराज रावल निर्वाचित भएका हुन् ।
यस्तै महिला सदस्यमा टीका शाही, र जनजाति सदस्यमा जितबहादुर चौधरी निर्वाचित भएका छन्भने दलित सदस्यमा माया वागदास यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् । मतदानमा १ हजार ३८ मत खसेको थियो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहेको छ ।