![]()
टीकापुर, १२ भदौ । प्रथम घडियाल उत्सव र दोस्रो डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण सप्ताह उद्घाटनको अवसरमा पाँचजना सञ्चारकर्मीहरुलाई सम्मानित गरेको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालले शुक्रबार एक कार्यक्रमका वीच उनीहरुलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा सञ्चारकर्मीहरु गोरखापत्रका अविनाश चौधरी, राष्ट्रिय समाचार समितिमा कार्यरत टीकापुरका दुर्गा देवकोटा, अगुवा सन्देशका प्रकाशक हेमन्तराज मान्डव्य, गोपालजङ्ग थापा, मानबहादुर ठकुल्ला र खेमराज पाण्डेय पनि सम्मानित भएका छन् ।
उनीहरु सबैलाई वन, वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणमा योगदान पु¥याएकोमा कदर गर्दै सम्मान गरिएको छ ।
यसैगरी, संरक्षणमा क्रियाशील रमेश पाण्डेय, धनसरी कोइराला, फाकुराम चौधरी, मोहनकुमार चौधरी, गणेश विक र भीमराज साउँद सम्मानित भएका हुन् । कैलालीको टीकापुर नगरपालिका–७ ढुङ्गाना टोल, बैदीमा आयोजना भएको प्रथम घडियाल उत्सव र दोस्रो डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण सप्ताह उद्घाटनको अवसरमा उनिहरुलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

संस्थाका अध्यक्ष भोजराज ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरप्रमुख रामलाल डगौंरा, उपप्रमुख खडक शाह, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजा, वरिष्ठ पत्रकार दुर्गाप्रसाद भण्डारी, वडाध्यक्षहरु यज्ञप्रसाद न्यौपाने, दिर्घबहादुर ठकुल्ला, रमेश पाण्डेय लगायतले मन्तव्य ब्यक्त गरेका थिए । संस्थाका सचिव जयप्रसाद ढुंगानाले कार्यक्रम सञ्चालन गरेका थिए ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारु, उपप्रमुख खडक शाह र डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
