Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले भाउ खोजे वाम तालमेल हुन सक्ने चेतावनी दिएका छन् ।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा बोल्दै अध्यक्ष दाहालले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा कांग्रेसले निहुँ खोजे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका हुन् ।

कांग्रेसले सिट बाँडफाँटमा अन्याय गर्न खोजे वाम तालमेल गरेर अघि बढ्न सकिने दाहालको भनाई छ । दाहालले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारेका छन् । बैठकमा दाहालले भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।