![]()
टीकापुर/झण्डै २५ वर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकार प्रेस सेन्टर नेपालका पूर्व नेता दुर्गाप्रसाद भण्डारी कैलाली क्षेत्र नं ३ बाट संघीय संसदका लागि निर्वाचन लड्ने भएका छन् ।
यसअघि गृह जिल्ला कैलालीबाट आगामी निर्वाचन लड्न सक्ने संकेत गरेका भण्डारीले शुक्रबार आप्mनो फेसबुक वालमा
स्टाटस लेख्दै आगामी निर्वाचन कैलालीको क्षेत्र नम्बर ३ बाट लड्ने जनाएका हुन् ।
आफ्नो जन्मथलो भजनीलाईनै रोजेका उनी तत्कालीन भजनी गाविसमा नेकपा एमालेका संस्थापक सदस्य समेत हुन् । २०४७ सालमा सरोज पोखरेलबाट पार्टी सदस्यता लिएका भण्डारी २०४८ सालमा अछामबाट संगठित भएका थिए । भएका थिए । पुनः २०५६ मा कैलालीमा एमालेको संगठित सदस्य रहेका उनले माओवादीको समाचार लेखेका कारण २०५९ सालमा इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी हिरासतमा समेत बस्नु परेको थियो ।
२०६८ सालमा नेकपा–माओवादीमा औपचारिक रुपमा प्रवेश गरेका भण्डारी पार्टी एकतासँगै नेकपा माओवादी केन्द्रको २०७३ मा केन्द्रीय आयोजक समिति सदस्य भएका थिए । हाल उनी पार्टीको सुदूरपश्चिम प्रदेशबाट प्रचार तथा प्रकाशन विभाग सदस्य रहेका थिए ।
२०५५ सालदेखि पत्रकारितामा सक्रिय भण्डारीले कैलाली र बाँके जिल्लामा रहेर पत्रकारिता गरेका छन् । २०५७ सालमा नयाँ सडक दैनिकको सुदुर तथा मध्यपश्चिम ब्यूरो प्रमुख रहिसकेका भण्डारी नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेका संस्थापक उपाध्यक्ष र गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्य रहिसकेका छन् ।
२०५६ सालमा प्रसचौतारी कैलालीको संस्थापक सदस्य भएका भण्डारी २०५८ मा कैलाली जिल्ला उपाध्यक्ष र २०६२ सालमा प्रेस चौतारीको सेती अञ्चल अध्यक्ष समेत भइसकेका हुन् । यस्तै २०६९ मा क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय सदस्य तथा सेती महाकालीइन्चार्ज र सचिवालय सदस्य समेत रहेका स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका गरी दुई दर्जन सञ्चारमाध्यममा सम्वाददाता र सम्पादक रहिसकेका छन् ।
हाल अगुवा सन्देश साप्ताहिकका प्रधान सम्पादक रहेका भण्डारी एक नजर डट कमका प्रकाशक तथा सम्पादक समेत हुन् ।
विचार र सिद्धान्तमा प्रतिवद्ध भण्डारी एकदम निष्ठावान ब्यक्ति हुन् । कसैका आर्थिक प्रलोभन र लालचको समेत कुनै वास्ता नगर्ने उनी मद्यपान, धुम्रपान, जुवातास लगायतका कुरीतिबाट टाढा रहन्छन् । सोही चरित्रका कारण उनलाई सुदूरपश्चिम रमध्यपश्चिमका सञ्चारकर्मीहरुले महात्मा भनेर सम्वोधन गर्ने गर्दछन् ।
वचन दिइसकेपछि कसैलाई धोका दिन नजान्ने भण्डारी जे छ सामुमै भन्ने हकी स्वभावका छन् । बोलिमा राउटेकोजस्तो एकवचनका पकका उनको स्वभाव नै सरल जीवनशैली अपनाउने रहेको छ । नेपाली विषयमा एम ए र एम एड गरेका भण्डारीले कमैया आन्दोलन र जातीय छुवाछुतका विरुद्ध निकै आवाज उठाएका ब्यक्ति हुन् । उनले २०५० साल भदौमा महुन्याल मा।वि भजनीमा १० कक्षामा पढ्दै गर्दा मदिरा विारोधीआन्दोलनको अगुवाई समेत गरेका थिए ।
बौद्धिक ब्यक्तित्व भएका भण्डारीले उममेद्वारीले कैलाली ३ मा निकै प्रभाव पार्ने देखिन्छ ।
उनले आफ्नो उम्मेद्वारी घोषणा गर्दै भनेका छन् । ‘कमिशनवाद र परिवारवादका बिरुद्ध, जनताको हक र हीतका पक्षमा, ५० वर्षसम्म पनि जग्गा नापनक्शा नगरी जनतालाई सुकुम्वासी९भूमिहीन बनाउने, अब्यवस्थित बसोवासीका समस्या हल गर्न ध्यान नदिने, बाढीपीडिको पुर्नस्थापनाका लागि संसदमा कुनै आवाज नउठाउने, विकासका योजनामा ४०र५० प्रतिशत कमशिन खाएर विकास बिरोधी काम गर्नेहरुका विरुद्ध
आगामी मंसिर ४ गते हुने संघीय संसदको लागि हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ मा जनपक्षीय उम्मेद्वारका रुपमा मेरो उम्मेद्वारी रहने छ मेरो जस्तै सोच भएका इष्टमित्र, दाजुभाइ दिदीबहिनी तथा साथीभाइहरुमा आ–आफ्नो तह र तप्काबाट सहयोगका लागि हार्दिक अनुरोध छ ।’
