Loading

टीकापुर/नेपाल रेडक्रस सोसाइटी टीकापुर उप-शाखाको नयाँ कार्यसमितिको आज भएको निर्वाचनसँगै पूर्णता पाएको छ ।

यसगरी पदाधिकारीमा उपकोषध्यक्षबहेक सबैमा सर्वसम्मतिबाट चयन भएपनि उपकोषाध्यक्ष र सदस्यमा आज निर्वाचन भएको थियो । निर्वाचनबाट  उपकोषाध्यक्ष पदमा सञ्जय राज भण्डारी ३१२ मत प्राप्त गरेर विजयी भएका छन । उनका प्रतिस्पर्धी अमर रावल डम्मरले १२१ मत प्राप्त गरेका छन ।

यस्तै सदस्यहरुमा नारायण न्यौपाने, नवराज साउँद, हरिराम चौधरी, युवराज शर्मा निर्वाचित भएका छन् । न्यौपानेले ३१२, साउँदले ३०६, चौधरीले २८५ र शर्माले २७६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । सदस्य पदका उम्मेदवार रहेका चेतन रावलले २४५ र प्रेम विकले १४६ मत पाएका छन । उनीहरु दुवैजना पराजित भएका छन । ९३६ मतदाता रहेकोमा ४६४ मत खसेको निर्वाचन समितिले बताएको छ ।

सभापतिः दत्तबहादुर बिष्ट, उपाध्यक्षः मीना कुँवर रावल, सचिवः धर्मराज शर्मा, कोषाध्यक्षः लालबहादुर रावल, उप सचिवः टेकराज बिनाडी, महिला सदस्यः शिलु खतिवडा स्वाँर, यस अघि नै सर्वसम्मत रुपमा निर्वाचित भइसकेका थिए ।

रेडक्रसले रक्त सञ्चार सेवा सहित, दातको उपचार र एम्बुलेन्स सेवा पनि उपलव्ध गराउँदै आएको छ । उपशाखामा ९ सय ३६ आजीवन सदस्य छन् ।