Loading

काठमाडौं । सत्तारुढ दलहरुबीच मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।

जस अनुसार २०७४ सालको निर्वाचनलाई आधार बनाएर बाँडफाँट गर्ने मोटामोटी सहमति भएको छ । यद्यपि एउटै निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी भने हुने छैन । 

स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यसको मतलाई आधार मान्न नसकिने नेता देव गुरुङले बताए । गठबन्धनको अर्को बैठक ३० साउनमा बस्ने उनले जानकारी दिए ।