Loading

काठमाडौं । अखिल (क्रान्तिकारी) अक्ष्यक्ष पञ्चा सिंहले (त्रिभुवन विश्व विद्यालय) त्रिवि चलाउनेहरु मालामाल भएको देखेर जग्गा दलालहरुले समेत जिब्रो टोक्न थालेको टिप्पणी गरेकी छन् ।

अखिल (क्रान्तिकारी) थापाथली क्याम्पसको ११औँ इकाइ सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो प्रतिकृया दिएकी हुन् ।

त्रिवि इतिहामै सबैभन्दा बढी भद्रगोल अवस्थामा पुगेको, बेथिति मौलाएको र बेरुजुले सगरमाथा जत्रो किर्तिमान बनाउँदै गर्दा त्रिवि चलाउनेहरुको आर्थिक अवस्था उकासिनु निकै अनौठो भएको अध्यक्ष सिंहको भनाइ थियो ।

महासचिव दिपेश पुनसहित उपाध्यक्षद्वय जीपी मैनाली र तुकमान महराले राजनीतिक प्रशिक्षण दिएको कार्यक्रमको बन्दसत्रले आजै नयाँ नेतृत्व चयन गर्ने अखि (क्रान्तिकारी) नेता विवेक थापाले जाकारी दिए ।

अखिल (क्रान्तिकारी) ले मुलुकभर घोषणा गरेको ३ महिने विशेष अभियान दोस्रो महिनामा चलेको नेता थापाले जानकारी दिए ।