Loading

जनता समाजवादी पार्टीबाट अलग्गिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पाटी नामक नयाँ पार्टी दर्ता गरेका छन् ।
तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्कासनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बिहीबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका हुन् ।
पार्टीको चुनाव चिह्न आँखा रहेको र बिहीवार नै निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
आँखा चिन्ह भट्टराईकै नेतृत्व रहेको तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिन्ह हो । आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको हो ।
यसअघि जनता समाजवादी पार्टीमा विवाद हुँदा केही समयअघि मात्र निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरिएको थियो ।
सोही पार्टीको विधान परिवर्तन गरेर अहिले नेपाल समाजवादी पार्टी दर्ता गरेका छौँ,’ स्व्कीय सचिव पोखरेलले भने,। उनले चुनाव चिन्ह पनि तत्कालिन नयाँ शक्तिको आँखा चिन्ह नै राखेको बताए ।’ पार्टी अध्यक्ष सहित पदाधिकारी को–को हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्ने उनले बताए ।