Loading

नेपालगन्जमा विविध कार्यक्रमहरुको आयोजना गरी ‘वृहद् साहित्य सम्मेलन तथा साँस्कृतिक महोत्सव’ आयोजना गरिएको
छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिले नेपालगन्ज उप–महानगरपालिकासँगको संयुक्त आयोजनामा आयोजना गरेको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले समुद्घाटन गरेका हुन् ।
छिमेकी मित्रराष्ट्र भारतका साहित्यकार तथा नेपालका साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको तीन वटा पुस्तकको विमोचनका साथै बाँके र बर्दियाका कलाकारहरुले विविध संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको उक्त कार्यक्रममा बहुभाषिक कवि गोष्ठी पनि समावेश गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले रामचन्द्र आचार्य बटौली नामक खण्डकाव्य, फणिन्द्र आचार्यको कविता संग्रह र भारतका वरिष्ठ साहित्यकार शारिक रव्बानीद्वारा प्रसिद्ध शायर अब्दुल लतिफ शौकको बारेमा लिखित पुस्तकको विमोचन गरे ।
रुवरु फाउण्डेसन लखनऊ भारतका इरसाद राही, अभिनेत्री तथा कवयत्री श्रुति भट्टाचार्य, हरियानाकी सरोज दैया, कैलालीका डीपी दर्शन, चक्र अधिकारी, जनक रसिक लगायतको सहभागिता रहेको काव्यात्मक कार्यक्रमको अध्यक्षता भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष हरिप्रसाद तिमिल्सेनाले गरेका हुन् ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका हरि प्रसाद सुवेदीले नेपालगन्जको ऐतिहासिकता, वर्तमान अवस्था र समृद्धिका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गरे । सुवेदीको कार्यपत्रमा प्रा।डा। जनार्दन आचार्यले टिप्पणी सहित सुझाव प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि कथाकार सनत रेग्मी, पत्रकार पूर्ण लाल चुके, लेखक नरेन्द्र जङ्ग पिटर, रामचन्द्र आचार्य लगायतले टिप्पणी सहित विभिन्न सुझावहरु दिएका थिए ।
बाँके, बर्दिया, दाङ, रुपन्देही, कैलालीका दर्जन बढी सहित्यकार तथा पत्रकारहरुलाई सो अवसरमा सम्मान तथा मायाको चिनो पनि प्रदान गरिएको थियो ।
कृति विमोचन, साँकृतिक प्रस्तुति, श्रष्टा सम्मान सहित कार्यक्रमको सहजीकरण भेरी साहित्य समाजका महासचिव लेक प्रसाद प्याकुरेलले गरेका थिए भने उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा विभिन्न श्रष्टाहरुले बहुभाषिक रचना वाचन गरेका थिए ।
यसअघि नेपालगञ्जको न्यूरोडमा भानुचोक घोषणा गदै आदिकवि भानुभक्त आचार्यको अद्र्धकदको शालिक अनावरण गरिएको थियो ।