![]()
टीकापुर/टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १५ की टंक सोडारीको हात्तीको आक्रमणबाट ज्यान गएको छ ।
शनिबार साँझ साढे छ बजेतिर कर्णाली नदी किनार सनकट्टि घाटमा काम गरेपछि जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा सोडारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार ५० वर्षीया सोडारी ‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी थिइन् । सँगै का गरिरहेका कामदारहरु हात्ती देखेपछि भागेपनि सोडारीलाई हात्तीले आक्रमण गरेको थियो । अन्य कामदारले घटनाको विषयमा खबर गरेपछि खटिएको प्रहरी टोलीले खोजीगर्दा करीब दुईघण्टापछि मृत अवस्थामा फेला पारेको थियो ।
नदी किनारमा तटबन्धका लागि सोडारी सहित तीन जना महिला ढुङ्गा संकलन गरिरहेका थिए । एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि अन्य दुईजना महिला भागेपनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्येक्षदर्शीलाई उत्घृत गर्दै शीत्तल सामुदायिक वनका अध्यक्ष सिद्ध ठकुल्लाले बताए।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारीले मृतकका दुई छोरा रोजगारीको सिलसिलामा भारतमा रहेका बताए । मृतक सोडारी घरमा बिकलाङ्ग छोरी पालेर बसेकी थिइन् । मृतक सोडारीको शव टीकापुर अस्पतालमा राखिएको छ ।
