Loading

जेठ, ३१ भजनी/ कैलालीको दक्षिणपुर्वी क्षेत्र भजनी नगरपालिका वार्ड नम्बर ८ सोनाफाँटामा तीन बच्चा सहित दुर्लभ जलजन्तु ओँत भेटिएको छ।

स्थानीय भुखाली चौधरीले लगाएको चैतैधानमा ओँत भेटिएको हो । उक्त ओत फेला परेको स्थानीय संरक्षणकर्मी मोहन चौधरीले जानकारी दिएपछि सो स्थानमा पुगेको डिएबिसी नेपालका अध्यक्ष भोज राज ढुङ्गानाले बताए।

केही दशक पहिला यो क्षेत्रमा थुप्रै ओँतहरु रहे पनि पछिल्लो पटक हराउँदै गएका थिए । वासस्थान असुरक्षित बन्दै गएपछि ओतहरु पनि घट्दै र लोप हुँदै गएका थिए । पछिल्लोपटक स्थानीयहरु पनि डल्फिन संरक्षणमा सक्रिय भएपछि सो क्षेत्रमा केही बर्षयता जलचर तथा दुर्लभ प्राणीहरु देखा पर्दै गएका हुन् ।

दुई दशक यता आएर जैविक विविधताको संरक्षणमा स्थानीयवासीहरु जुटेका कारण अन्य जलचरको अध्ययन कार्य शुरु गरिएको छ । स्थानीयको प्राणी संरक्षणमा सकारात्मक प्रभाव परेका कारण ओँतको संरक्षण गर्न सजिलो भएको स्थानीय संरक्षणक र्मी फाकुराम चौधरीले बताए । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल लगायत सरोकारवाला निकायहरुले संरक्षण सम्बन्धी जनचेतना जगाएका कारण ओत संरक्षण भइहेको चौधरीले बताए।