Loading

बालेन्द्र शाहलाई पहिलो गाँसमै ढुंगा

बाबु तथा बाजे उमेरका व्यक्तिहरू पाखुरा सुर्कंदै छोरा नाति पुस्तासामु जाइलागेका घटनाहरू विश्व राजनीतिमा ज्यादै दुर्लभ छन् । तर काठमाडौं महानगरपालिकामा यो दुर्लभ घटना देखिएको छ । ‘३२ वर्षका युवा र २७ वर्षकी युवती मेयर र उपमेयरका रूपमा ड्यासमा शान्तपूर्वक बसेका छन्, ५० देखि ७५ वर्षका वृद्धहरू तामसी पारा देखाउँदै तलबाट कुर्लिरहेका छन् ।’ यो दृष्य कुनै नाटक नभएर काठमाडौं महानगरपालिकाको पहिलो बैठकको हो । हामी अनुभवी हौँ भन्ने दाबी बाजे पुस्ताहरूको छ । यता ‘तिमीहरूको यो अनुभवले के अहिलेसम्म के नाप्यो त रु’ भन्ने प्रश्न नाति पुस्ताले उठाइरहेका छन् । जनताले बाजे पुस्तालाई भन्दा नाति पुस्तालाई माथिल्लो आसनका पु¥याएको अवस्था छ । तर नाति पुस्ता आपूmभन्दा माथिल्लो आसनमा पुगेको यथार्थतालाई बाजे पुस्ताले पचाउन सकिरहेको छैन । यही द्वन्द्वमा छ यतिबेला काठमाडौं महानगरपालिका ।ठूला दलका उम्मेदवारलाई चुनावमा पराजित गर्न सफल भएका काठमाडौं महानगर पालिकाका नवनिर्वाचित प्रमुख (मेयर) बालेन्द्र शाहको कार्यकाल निकै चुनौतीपूर्ण र सामान्य नहुने संकेत देखिएको छ । मेयर शाहले गत सोमबारदेखि कार्यभार संहालेका छन् । तर, कर्मचारी तथा दलीय आधारमा निर्वाचित भएका वडाध्यक्षहरूको हार्दिक सहयोग पाउन सहज देखिएको छैन ।

सपथग्रहण लगत्तै गत सोमबार बसेको महानगर कार्यपालिकाको बैठकमार्फत जनसरोकारसँग सम्बन्धित केही निर्णय गर्ने प्रयास विफल भएसँगै मेयर शाहको भविष्यका बारेमा अनेकथरी टिप्पणी सुरु भएको छ । महानगरपालिकाको पहिलोबैठक ऐतिहासिक हुने मेयर बालेन्द्र शाह तथा उहाँका समर्थकहरूको आशा भने आंशिक रूपमा मात्रै पूरा भएको छ । पहिलो कुरा त इतिहासमै पहिलोपल्ट काठमाडौं महानगर कार्यपालिकाको बैठकका गतिविधिलाई टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ । अब हरेक बैठकका गतिविधि प्रत्यक्ष प्रसारण गर्ने प्रतिवद्धता मेयर शाहले जनाएका छन् । स्थानीय तहअन्तर्गत कुनै पनि पालिकाले आफ्नो बैठक प्रत्यक्ष प्रसारण गरेको यो पहिलो घटना हो । यसैगरी अहिलेसम्म अधिकांश पालिकाहरूका पहिलो बैठकले वितरणमुखी निर्णय गरेको देखिएको छ । तर काठमाडौं महानगरपालिकाको पहिलो बैठकले सरसफाई तथा जनसरोकारका निर्णयहरू गरेको छ ।

स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरपालिकाको मेयर पदमा भारी मत अन्तरले चुनाव जितेका बालेन्द्र शाहलाई राजनीतिक दलका प्रतिनिधिहरूले काम गर्न देलान् त रु भन्ने प्रश्न सुरुदेखि नै उब्जेको थियो । सोमबार बसेको महानगर कार्यपालिकाको बैठकमा यो अनुमान केही हदसम्म सही सावित भएको छ । महानगर कार्यपालिकाको बैठकका गतिविधि श्रव्यदृश्य मिडियाबाट प्रत्यक्ष प्रसारण गर्ने निधोमा नवनिर्वाचित मेयर बालेन्द्र शाह किन पुगेका रहेछन् रु भन्ने कुरा पहिलो बैठकमा केही वडा अध्यक्षहरूको प्रस्तुतिबाट स्पष्ट भएको छ ।

दलीय प्रतिनिधित्वका हिसाबमा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह एक्लो बृहस्पति हुन् । कुनै पनि निर्णय बहुमतद्वारा गर्नुपर्ने हुन्छ । तर हाल ३४ सदस्य रहेको महानगरकार्यपालिकामा नेपाली कांग्रेसका १९ जना छन् । नेकपा एमालेका उपमेयरसहित ११ जना छन् । एकीकृत समाजवादीका एक जना छन् । अब थपिने आठ जना कार्यपालिका सदस्य पनि नेपाली कांग्रेसबाट नै हुने छन् । दलका प्रतिनिधिहरू आआफ्ना चुनावी घोषणापत्रका आधारमा निर्वाचित भएर आएका हुन् । मेयर बालेन शाह पनि आफ्नै घोषणापत्रका आधारमा निर्वाचित भएर आएका हुन् ।

त्यसैले मेयर शाह र दलका प्रतिनिधिहरूबीच आगामी दिनमा टकराव हुने हो कि रु आपसी समन्वयका साथ महानगर अघि बढ्ने हो रु भन्ने प्रश्नमा धेरैको ध्यान गएको देखिएको छ । एकातिर दलहरूसँग ठूलो संगठन तथा सञ्जाल छ भने अर्कातिर मेयर शाहलाई युवा जगतको ठूलो साथ छ ।

मेयर शाह आफ्नो गतिमा जहिलेसम्म चुक्दैनन् तहिलेसम्म उनलाई अवरोध उत्पन्न गर्नेहरू आपैmँ निस्तेज भएर जानेछन् । तर यसका लागि मेयर शाहलाई महानगरको कर्मचारी संयन्त्रले पूरै साथ दिनुपर्ने हुन्छ । मिडिया जगतले पनि पूरै साथ दिनुपर्ने हुन्छ, तर यो संभव होला त रु कर्मचारी संयन्त्रको साथ मेयर शाहले पाउन सक्लान् रु भन्ने प्रश्न निकै पेचिलो बनेको छ । मेयर शाहको नेतृत्वमा काठमाडौं महानगरपालिका कसरी अघि बढ्ला रु भन्ने सन्दर्भमा पहिलो बैठकको गतिविधिले सकारात्मक संकेत गरेको छैन ।

मेयर शाहले पहिलो बैठकबाटै प्रत्यक्ष प्रसारणको अभियान सुरु गरेका छन् । मेयर शाहको यो कदम निकै सुझबुझपूर्ण देखिएको छ । महानगरकार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने कदम नचालेको भए शाहलाई पहिलो गाँसमै ढुंगा सावित हुने रहेछ भन्ने कुरा पुष्टि भएको छ । मेयर शाहले सोमबार बसेको महानगर कार्यपालिकाको पहिलो बैठकमा फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालयको व्यवस्थापन, सडकका खाल्डाखुल्डी तत्काल पूर्ण पूर्वाधार एम्बुलेन्स सञ्चालन लगायतका प्रश्ताव पेस गरे । तर यी प्रस्तावहरू प्रक्रिया नपुगी आएको भन्दै बडा अध्यक्षहरूले विरोध गरे ।

वडा अध्यक्षहरूले प्रस्तावमाथि विमति जनाउने हिम्मत राखेनन्, तर प्रक्रिया नपु¥याइ प्रस्ताव ल्याइएको भन्दै विरोध जनाए । प्रक्रिया पु¥याउने महानगरपालिकाको कर्मचारी संयन्त्रको हो । तर, कर्मचारी संयन्त्रले प्रक्रिया किन पु¥याएन रु प्रक्रिया पु¥याउने सन्दर्भमा मेयर शाहलाई किन सल्लाह दिएन रु भन्ने प्रश्न निकै पेचिलो छ । मेयर शाहले काम गर्ने जुन गति देखाएका छन्, त्यो गतिलाई महानगरपालिकाको वर्तमान कर्मचारी संयन्त्रले साथ नदिने संकेत देखिएको छ । बडा अध्यक्षहरूको हार्दिक सहयोग लिन त मेयर शाहलाई गाह्रै पर्ने पुष्टि भइसकेको छ ।

पहिलो बैठकमै कचिंगल

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै विवाद भएको छ । महानगर कार्यपालिकाको पहिलो बैठकको निर्णयमा प्रक्रिया नमिलेको भन्दै वडाध्यक्षहरूले विवाद निकालेका हुन् । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले निर्णय वाचन परेर पारित भएको घोषणा गर्न लागेपछि वडाध्यक्षहरूले आक्रोश पोख्दै प्रतिवाद गरेका हुन् । प्रतिवादको क्रममा वडाध्यक्षहरूले मेयर शाहलाई बैठकको प्रक्रिया सिकेर आउनसमेत चेतावनी दिए । बैठकमा मेयर शाहले सात वटा एजेन्डा पेस गरेका थिए । एजेन्डाको पहिलो नम्बरमा जनप्रतिनिधिको परिचय, दोस्रो नम्बरमा मतदातालाई धन्यवाद ज्ञापन, तेस्रो नम्बरमा फोहोरमैला व्यवस्थापन, चौथो नम्बरमा सार्वजनिक शौचालयका लागि महानगरभित्रका रेस्टुरेन्ट तथा होटल प्रयोग गर्ने सम्बन्धमा, पाँचौँ नम्बरमा महानगरको गुनासो लिन कल सेन्टर स्थापना गर्ने, छैटौँ नम्बरमा भौतिक पूर्वाधार एम्बुलेन्स र सातौँ नम्बरमा विविध थियो ।

कार्यपालिकामा वडाध्यक्षहरूको रायपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले नै प्रस्ताव पारित गर्न लागेपछि विवाद उत्पन्न भयो । लाइभ नै गरेर सञ्चालन गरिएको बैठकमा अध्यक्षहरूले उठाएको प्रश्नमा मेयर र उपमेयर सुनिता डंगोलले जवाफ दिएपछि पौडेलले मेयरको अनुमतिले भन्दै निर्णय पढेर सुनाएका थिए । प्रसासकीय अधिकृत पौडेलले फोहोरमैलाको सम्बन्धमा मेयर साहको संयोजकत्वमा दलीय प्रतिनिधित्वसहितको कार्यदल गठन गर्ने निर्णय सुनाए । कार्यदलको सदस्यहरूमा नेपाली कांग्रेसबाट दुई जना प्रतिनिधि, एमाले उपमेयर सुनिता डंगोलसहित २ जना र एकीकृत समाजवादीबाट एक जना प्रतिनिधि रहने निर्णय सुनाए । तर यो निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

यसैगरी अन्य निर्णय पनि प्रसासकीय अधिकृत पौडेलले सुनाए । जसमा महानगरका सम्पूर्ण ढलहरूको व्यवस्थापन गर्ने लगायतका विषय पनि समावेश थियो । उनले निर्णयलाई अभिलिखित गरेर सबैलाई उपलब्ध गराउने भन्दै नगर कार्यपालिका बोर्ड बैठकलाई समापन गर्न मेयर बालेन्द्र शाहलाई समय दिएको बताउनासाथ बडाध्यक्षहरूले प्रतिवाद गरे । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ७ का सभापतिसमेत रहेका वडा–१६ का अध्यक्ष मुकुन्द रिजालले कहिलेको बैठकले यो निर्णय गरेको भन्दै प्रश्न गरे ।

पौडेलले आजको बैठकले निर्णय गरेको भनेर जवाफ दिएसँगै अन्य वडाध्यक्षहरूले पनि प्रक्रिया नमिलेको भन्दै विरोध जनाए । एजेन्डा एउटा र निर्णय अर्को आएको उनीहरूको आक्रोश थियो । एजेन्डा एकातिर र निर्णय अर्कोतिर गरेर हामीलाई आदेश दिने भन्दै उनीहरूले आक्रोश पोखेका थिए । त्यसपछि प्रसासकीय अधिकृत पौडेलले निर्णय नभई प्रस्ताव मात्रै गरिएको भन्दै आफ्नो यसअघिको भनाइ सच्याए । तर, वडाध्यक्षहरू रोकिएनन् । वडाध्यक्ष रिजालले भने, ‘तपाईं प्रशासकीय अधिकृतले पढेर सुनाउने होइन । एजेन्डा दिएर पास भनेर टेबुल ठटाएपछि पास हुन्छ । एकैचोटी कार्यकारीले पास गर्ने हो र ? कार्यपालिकाका सदस्यहरू चाहिँदैन ?’

वडाध्यक्ष रिजालको यो प्रश्नपछि प्रसासकीय अधिकृत पौडेलले भने, ‘यो त प्रस्ताव हो ।’ तर रिजालको आक्रोश रोकिएन । उनले भने, ‘यस्ता कुरा अरूसँग चल्छ, नगर कार्यपालिकामा चल्दैन ।’ प्रशासकीय अधिकृतले पास भनिसकेकाले यो कुरा फिर्ता लिन वडाध्यक्षहरूले दबाब दिए । त्यसपछि बाध्य भएर प्रशासकीय अधिकृत पौडेलले निर्णय फिर्ता लिएको बताए । तर वडाध्यक्षहरू रोकिएनन् । उनीहरूरुले भने, ‘पास भन्नेबित्तिकै हामी ताली ठटाएर जाने रु १ लाख ९० हजार जनताको भोट पाएर आएका जनप्रतिनिधिहरू छन् यहाँ । तपाईंले कार्यपालिकाका सदस्यहरूको मानमाथि अपमान गर्नुभयो । अब त्यो प्रस्ताव तपाईंले फिर्ता लिएर मेयर साबले टेबुल गर्ने अनि हामीले टेबुल बजाएर पास गर्ने ।’

त्यसपछि प्रशासकीय अधिकृत पौडेलले भने, ‘मैले फिर्ता लिएँ । मेयर साबलाई माइक दिएँ ।’ विवादकै बीचमा वडा–७ का अध्यक्ष बिमाल कुमार होडा पनि मेयर बालेन्द्र शाहमाथि खनिए । उनले शाहलाई संसदीय नियम सिकेर आउन सुझाव दिए । विवाद भएपछि मेयर शाहले बुझाइमा गलत मात्रै भएको तर पास हुन बाँकी रहेको बताए । उनले सबैको हस्ताक्षर र कम्युटर टाइपसमेत नभएकाले पास भइनसकेको बताए । तर वडा–७ का अध्यक्ष होडाले शाहलाई बैठक कसरी चलाउने भनेर सिकेर आउन सुझाव दिए । उनले भने, ‘प्रक्रियागत कुरा पनि भयो । प्रस्ताव गर्ने, समर्थन गर्ने अनुमोदन गर्ने माइन्युटिङ कसरी गर्ने, त्यो नै सिक्नुपर्ने भयो । सिक्नुस् । बैठकको प्रक्रियालाई चाहिँ अध्ययन गर्नुस् । बैठक कसरी चलाउने त्यो चाहिँ तपाईंले परामर्श गरेर आउनुप¥यो ।

बालेन्द्रका प्राथमिकता

नवनिर्वाचित मेयर शाहले विगतमा मेयरहरूले जस्तो महत्वकांक्षी योजना अघि सारेका छैनन् । विगतमा अघि सारिएका मेट्रोरेल र मनोरेलका योजनाहरूलाई नवनिर्वाचित मेयर शाहले अध्यायनका लागि सीमित राखिदिएका छन् । मेयर शाहका कार्यक्रमहरू हेर्दा सामान्य तर अपरिहार्य छन् । उनले काममा घर तथा अफिस बाहिर जानेहरूका लागि दिसापिसाब गर्न सहज बनाउने प्रतिवद्धता कार्यान्वयनको प्रयास थालेका छन् । सहरको फोहोर तत्काल संकलन तथा व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सडकका खाल्डाखुल्डी तत्काल पुर्ने, फुटेका ढल तथा खानेपानीका पाइप तत्काल मर्मत गर्ने, ढलेका बिजुलीका पोलहरू तत्काल ठड्याउने लगायतका योजना मेयर बालेन्द्र शाहले अघि सारेका छन् । सार्वजनिक सवारी साधनलाई सर्वसुलभ र भरपर्दो बनाउने योजना पनि मेयर शाहको छ । जनतासँग प्रत्यक्ष जोडिएका यस्ता योजनामा वडा अध्यक्षहरूले विरोध नजनाउने आत्मविश्वास मेयर बलेन्द्र शाहमा देखिन्छ ।

तर सोमबारको पहिलो बैठकमै प्रक्रिया नमिलेको भन्दै मेयर शाहका प्रस्तावमाथि वडाध्यक्षले अवरोध गरे । उता प्रक्रिया पु¥याउने मामिलामा महानगरपालिकाको कर्मचारी संयन्त्रले सहयोग गरेको देखिएन । पहिलो बैठकमा मेयर बालेन्द्र शाहले भौतिक पूर्वाधार एम्बुलेन्सको सञ्चालनबारे प्रस्ताव राखेका छन् । नगर कार्यपालिकाको बैठकमा मेयर शाहले काठमाडौंका खाल्डाखुल्डी पुर्न दुई वटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । पूर्वाधार एम्बुलेन्सबाट ढल निकासलगायतका काममा पनि सहयोग पुग्ने मेयर शाहको भनाइ छ । पूर्वाधार एम्बुलेन्स राखेपछि जनताले समस्या छ भनेर कल सेन्टरमा फोन गर्ने र तत्काल रेस्पोन्स गर्ने मेयर शाहको प्रस्ताव छ ।

यसैगरी मेयर शाहले काठमाडौं महानगर भित्रका रेस्टुरेन्टहरूमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । आफूले केही चेन रेस्टुरेन्टहरूसँग यस विषयमा कुराकानी गरेको पनि मेयर शाहले कार्यपालिका बैठकमा बताएका थिए । सबैभन्दा पहिले नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउनेसमेत उनले प्रस्ताव राखेका छन् । काठमाडौंमा फोहोर व्यवस्थापन नगरेसम्म आफूले खादा र माला नलगाउने उनको प्रतिवद्धतालाई जनताले सराहना गरेका छन् । मेयर शाहले सपथ ग्रहण कार्यक्रममा समेत माला र खादा लगाएनन् । उनी मेयर पदमा निर्वाचित हुनासाथ काठमाडौं महानगरको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल पुगेका थिए ।

तर, मेयर शाहले आयोजना गरेको पहिलो बैठकमा काठमाडौंका वडाध्यक्षहरू सहयोगी नबन्नु खतराको संकेत हो । मेयर शाहले बैठकका गतिविधिलाई टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरेर निकै चातुर्यता अपनाएको देखियो । प्रत्यक्ष प्रसारणलाई वडाध्यक्षहरूले यसलाई नरुचाए पनि काठमाडौंवासीले यसलाई सकारात्मक रूपमा लिएका छन् । बैठक लाइभ गरेर मात्र होइन, बालेन्द्रले यो पहिलो बैठकमा गरेका केही प्रस्तावहरूले पनि चासो र चर्चा कमाएका छन् ।

महानगर कार्यपालिकाको बैठकमा जुन जुन वडाध्यक्षहरू मेयर शाहको खिलापमा प्रस्तुत भएका थिए, उनीहरूविरुद्ध सामाजिक संजालमा निकै ठूलोल माहौल बनेको छ । झट्ट हेर्दा बालेन्द्र शाह व्यक्ति जस्तो देखिन्छन् उनको पछाडि कुनै दल तथा ठोस शक्ति देखिन्न । तर परिवर्तनको संवाहक युवा पुस्ता शाहको पछि छ भन्ने पुष्टि भएको छ । युवा पुस्ता किन शाहको साथमा छ त रु भन्ने प्रश्नको उत्तर खोज्नुअघि ठूला दल भित्रका गतिविधिलाई नजरअन्दाज गरे मात्रै पनि पुग्छ ।

करिब ८० वर्ष उमेर पुग्न लागेका शेरबहादुर देउवा अहिले पनि प्रधानमन्त्री छन् । आजभन्दा २७ वर्षअघि देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा बालेन्द्र शाहको उमेर जम्मा पाँच वर्षको थियो । उपमेयर सुनिता डंगोल डेढ वर्षकी थिइन । तर अहिलेसम्म पाँचपटक प्रधानमन्त्री बनिसकेका ८० वर्षीय देउवा अझै दुईपटक प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन् । देउवामा त्यस्तो के अद्भुत खुबी छ, जो बारम्बार असफल दरिए पनि प्रधानमन्त्री भइरहन्छन् रु गगन थापा ५० पुग्न लाग्दा मात्र मन्त्री र महामन्त्रीसम्म मात्रै हुने रु भन्ने प्रश्न युवा जगतले उठाएको छ ।

यो प्रश्न नै काठमाडौंका मेयर शाहको मुख्य ताकत हो । धेरैजसो वडाध्यक्षहरू मेयर शाहका बाबुको उमेरका छन् । कोही कोही त बाजेको उमेरका पनि छन् । आफ्ना छोरा तथा नाती पुस्तासँग पाखुरा सुर्केर पौठेजोरी खोजेको वडाध्यक्षहरूलाई कत्ति पनि सुहाएको छैन । यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीमा पार्टीभित्र र बाहिर भाँडभैलो गर्ने र समय–कुसमयमा उखानटुक्कासहित विषवमन गर्नेबाहेक के छ खुबी, ७० वर्षको उमेर र दुईरदुईचोटि मृगौला प्रत्यारोपणपछि पनि रु यो प्रश्न पनि कम पेचिलो छैन । नेताहरूले पार्टी कार्यकर्ताहरूलाई झोले बनाइरहेको युवा पुस्तालाई मन परेको छैन । पार्टीभित्र नेता विशेषका गुट–उपगुटले माथिदेखि गाउँस्तरसम्म कार्यकर्तालाई पालेका कारण सुरुभएको माफियागिरी पनि नयाँ पुस्ताका युवालाई मन परेको छैन । प्रशासनका तहतहमा भ्रष्टाचार व्याप्त रहेको बुझाइ नयाँ पुस्ताका युवाहरूको छ ।

मन्त्रीले सरुवा–बढुवा गर्दा कर्मचारीबाट लिने घुसको रकम तोकिएको युवा पुस्तालाई थाहा छ । निर्माण कार्यमा ठेकेदार, इन्जिनियर, कर्मचारी, मन्त्री, दलबीच प्रतिशत तोकिएको हुन्छ भन्ने कुरामा पनि युवा पुस्ता बेखबर छैन । दलविना लोकतन्त्रको कल्पना गर्न सकिन्न । तर दल हाँक्न, चुनाव लड्न रकम चाहिन्छ । त्यो पैसाको स्रोत, आय–व्यय जान्ने अधिकार जनतालाई हुन्छ । दल भनेको पञ्चायतकालीन दरबार होइन जो अपारदर्शी र रहस्यमय रहिरहोस् । बहुदल र गणतन्त्र आएको यत्तिका वर्षमा दलहरूले कार्यकर्ता र मतदातालाई मिहिनेत गर्न सिकाउनुको सट्टा अवैध पैसा र भोजको लत लगाए । त्यो दुव्र्यसन कसरी हटाउने रु दलहरूसँग जवाफ छैन, तर बालेन्द्रको पुस्ताले जवाफ दिइसकेको छ । युवापुस्ताको यो दबाब बुढा पुस्ताले थेग्ने संभावना देखिन्न ।

सौर्य अनलाइनबाट, तस्वीर गुगलबाट